अन्योलमा प्रधानमन्त्री निर्वाचन, देउवा भए एक्ला उम्मेदवार



k|ddf ;efklt b]pjfsf] pDd]bjf/L btf{ gofF k|wfgdGqLsf nflu g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf zlgaf/ Joj:yflksf–;+;b, ;lrjfnodf pDd]bjf/L btf{kl5 k|:tfjs k|wfgdGqL Pjd g]skf-dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn …k|r08Ú / ;dy{ssf ;fydf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बीपी साह, काठमाडौं
नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदबार बन्नुभएको छ।

सत्तारूढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षीले पनि उम्मदेवारी दिएन।

सहमतीय आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया शुरू भएको छ। संसदीय सचिवालयको कार्यतालिका अनुसार शनिबार प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवाले मात्रै उम्मेदवारी दिनुभएको छ।

मैदानमा नै नल्याई देउवालाई एकलौटी प्रधानमन्त्री बन्न नदिने तर्क गर्दै शनिबार दिउँसोसम्म एमालेले उम्मेदवारी दिने तय गरेको थियो। एमालेका तर्फबाट वामदेव गौतमलाई उम्मेदवारका रूपमा अगाडि सारिएको थियो। तर देउवासँग स्पष्ट बहुमत भएको र दुई तिहाइ पुर्याउने प्रयासमा रहेको देखेपछि गौतम पछाडि हट्नुभएको हो।

प्रधानमन्त्रीका लागि देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ भने समर्थकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का रहनुभएको छ।

देउवाको उम्मेदवारी मनोनयन दर्ताको समयमा कांग्रेस नेताहरू रामचन्द्र पौडेल, शेखर कोइरालासहित माओवादी केन्द्रका सांसदहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संसद् सचिवालयले आइतबार बिहान ११ प्रधानमन्त्री चयनका लागि मतदानको समय तोकेको छ।
यता देउवाले आफ्नो समर्थनमा दुई तिहाई संसद् पुर्याउने प्रयास शुरू गर्नुभएको छ। संविधान संशोधनलाई पारित गराउँदै राजपालाई पनि निर्वाचनमा ल्याउने प्रयासस्वरुप देउवाले दुई तिहाइका लागि कसरत गर्न थाल्नुभएको छ।

शनिबार राजपाका नेताहरूसँग छलफल गर्दै देउवाले समर्थन माग्नुभएको छ भने संविधान संशोधन गराई छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

त्यस्तै, कांग्रेसले राप्रपासहित संघीय समाजवादी फोरम नेपाललगायतका दलसँग पनि छलफल गर्दै छ। आइतबार बिहान पुनः राजपासहितका दलसँग छलफल हुने गृहमन्त्री विमलेन्द्र निधिले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्