भरतपुरको १९ वडामा पुनः निर्वाचन हुने



काठमाडौं,(नेस) । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको विवादमा आएको मतगणना प्रक्रिया रोकेर वडा नं १९को मतदान पुनः गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।सो सो महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली उम्मेदवार रहनु भएको छ । सो महानगरपालिकाको १९ वडाको मतगणना गर्दागर्दै ९० वटा मतपत्र च्यातिएपछि विवाद उत्पन्न भएको थियो ।
आयोगको निर्णयमा भनिएको छ–‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’

प्रतिक्रिया दिनुहोस्