बैतडीका राजनितिक दल : घरदैलोसंगै मतदाता शिक्षा



विनोद सिंह विष्ट,बैतडी ।
बदर मत घटाउन बैतडीका राजनितिक दलहरुले घरदैलोसंगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेका छन ।

पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणको स्थानीय निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैं बदर मत घटाउन अग्रसर भएका हुन ।

मत बदर नहोस् भनेर बैतडीका राजनीतिक दलका अगुवाहरुले मतदाता शिक्षामा जोड दिएको हो ।

नेपाली कांगे्रस बैतडीले मतदाताहरुको घरदैलो अभियान सँगै मतदाता शिक्षा पनि दिईरहेको नेपाली कांग्रेसका जिल्ला सचिव बीर बहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘सकेसम्म मत बदर नहोस भनेर लागेका छौं ।’

सुर्नया गाउँपालिका अध्यक्ष पदका उम्मेदवार समेत रहेका विष्टले नमुना स्वास्तिक छाप तथा नमुना मत–पत्र बनाएर मतदातालाई नमुना मतदान गराईरहेको पनि बताउनुभयो ।

विष्टका अनुसार विभिन्न वडामा नमुना स्वास्तिक छाप र मतपत्र सहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिईरहेको छ ।

नेकपा एमालेका जिल्ला सचिव लिलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचार प्रसार अभियान सँगै मतदाता शिक्षामा पनि जोड दिएको बताउनुभयो । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलो सम्म पुराउन सबै तहका प्रचार प्रसार समितिलाई निर्देशन दिईएको छ उहाँले भन्नुभयो “सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागि परेकोछ”
त्यसैगरी नेकपा माओवादी केन्द्रका संयोजक पे्रम प्रकाश भट्ट आदित्यले पनि जिल्लामा मतदाता शिक्षामा कृयाशिल रुपमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो“घरदैलोमा गएका कार्यकर्ताले मतदाताहरुलाई मत बदर नगर्न पाठ सिकाईरहेका छन”

थोरै आउने मत पनि बदर नहोस भनेर साना दलका नेता कार्यकर्ता समेत मत बदर कम गर्न सचेत देखिएका छन् ।

राप्रपा, नेकपा माले ,नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा लगायतका साना दलले झनै मतदाता शिक्षालाई जोड दिईएको जनाएका छन् ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ । गाउँ गाउँ सम्म मत कसरी दिने , कसरी बदर कम गर्ने विषयमा सचेतनामुलक कामहरु जेठ ५ गतेवाट भैरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रसाद पुmँयालले बताउनुभयो ।

राजनीतिक दलका अगुवाहरुले पनि मतदाता शिक्षामा जोड दिएपछी कार्यालय र दलको मतदाता शिक्षा अभियान अहिले जिल्लामा चलिरहेको छ । दोस्रो चरणको निर्वाचनका मतदाता समेत आपm्नो मत बदर हुने हो की भनेर चिन्तित भएकाले मतदाता शिक्षामा आकर्षित भईरहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्