यी हुन चुनाव लडने नेता पत्रकारहरु



सलिम अन्सारी,प्यूठान
आसन्न स्थानीय तहको निर्वाचनमा प्यूठानका क्रियाशील आधा दर्जन पत्रकार चुनावी मैदानमा उत्रीएका छन ।

पार्टिले उम्मेद्धवारको टिकट पक्का गरेपछि उनीहरुले चुनावी प्रचारप्रसारलाई तिब्र्र बनाएका छन । मुख्य तीन दल नेकपा एमाले,नेपाली काँग्रेस र माओबादी केन्द्रबाट पत्रकारहरु चुनाव लडन लागेका हुन ।

जिल्लाका अग्रज पत्रकार इमानसिगँ भारतीलाइ एमालेले मेयरको उम्मेद्धवार बनाएको छ। बिगत दुइ दशक देखी जिल्लामै रहेर पत्रकारीता तथा सामाजिक क्षेत्रमा सक्रिय भारती जिल्लामै परिचीत नाम हो ।

नेपाल पत्रकार महासँघ प्यूठान शाखाको पूर्व अध्यक्ष,अकोराव नेपालको मध्यपश्चिम सँयोजक समेत भैसकेका उनी मल्लरानी गाउँपालिकाको अध्यक्षको उम्मृद्धवार वन्ने भएका हुन। प्यूठानको पत्रकारीता क्षेत्रको बिकासमा अनवरत लागेका भारती बिभिन्न सँघसँस्थाको अध्यक्षको जिम्मउवारी सम्हालीसकेका छन। सोसल मिडिया मार्फत आशन्न निर्वाचनसँगै खुल्ला राजनीतीमा प्रवेश गरेको उल्लेख गरेका भारतीले अवको बाँकी जीवन सक्रिय राजनीतीमा बिताउने बताउछन। पार्टीले बिश्वास गरेर उम्मेद्धवार बनाएको छ उनले भने गाउँको बिकासमा प्रतीबद्ध भएर लाग्छु।नागरिकको सुखदुखमा साथ दिन्छु ।

यूवापुस्ताका पत्रकार हुन प्रमोद पोख्रेल। उनलाइ नेपाली काँग्रेसले झिमरुक गाउँपालिका मच्छीबाट चुनावी मैदानमा उतारेको छ। पार्टीले उनलाइ सर्वसहमतीले मेयरको उम्मेद्धवार बनाएको हो। खास गरी टेलिभिजन पत्रकारितामा दखल राख्ने पोख्रेल बिभिन्न सँचारमाध्यममा कार्यरत रही अनुभव बटुलेका छन। उनी पत्रकार महासँघ प्यूठानका उपाअध्यक्ष समेत भए ।

पालिकाको बिकास गर्न सक्ने व्यातmीको खोजी हुँदा पार्टीले आफूलाइ अघी सारेको उनले बताए। आफु ग्रामीण गरिव किसान परिवारमा जन्मिएको बताउने पोख्रेलले गाउँ समाजको सेवा गर्न राजनीतीमा लागेको सुनाए।

काँग्रेसले रेडियो महिला आवाजकी अध्यक्ष बसन्ता भटलाइ उपाअध्यक्षको टिकट दिएको छ। पत्रकार महासँघ प्यूठानकी बर्तमान महिला उपाअध्यक्ष रहेकी उनी मल्लरानी गाउँपालीकाबाट प्रतिस्पर्धामा उत्रीएकी हुन। उनले मतदातासँग भोट माग्ने अभियान समेत चलाएकी छिन।

त्यस्तै अर्का यूवा पत्रकार नोमराज पौडेल माओबादि केन्द्रबाट चुनाव लडन लागेका छन। मल्लरानी गाउँपालीका वार्ड नम्वर ३ बाट उनी अध्यक्षका उम्मेद्धवार बनेका हुन। बिध्यार्थी राजाीतीबाट पत्रकारिता क्षेत्रमा प्रबेश गरेका हुन पौडेल ।

भोट माग्न गाउँ केन्द्रित बनेका पौडेल वार्डको बिकासमा भिन्न तरीकाले काम गर्ने सोचले अघी बढेको बताउँछन। उनी पत्रकार महासँघ प्यूठानको सहसचिव समेत भए। अहिल प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्ष छन।एक दशक देखी पत्रकारितामा क्रियाशील पौडेल रेडियो लिस्ने आवाजका स्टेशन म्यानेजर हुन ।

दलहरुले उम्मेद्धवार बनाएका नेता पत्रकारहरु अहिल जनता रिझाउन मतदाताको घरदैलोमा जाने अभीयानलाइ तिब्र बनाइरहदा जिल्लामा नाम चलेका अन्य दुइ पत्रकारको समेत उम्मेद्धवारी दिन लागेको चर्चा चलेको छ। जिल्लामै सवैभन्दा वढि चासो र महत्वका साथ हेरिएको प्यूठान नगरपालिकामा अध्यक्ष पदका लागी पत्रकार देवेन्द्र बर्माको नाम सिफारीस भएको बुझीएको छ ।

काग्रेसभित्र सर्वसहमतीले उम्मेद्धवार छनौट गर्न नसकिएपछि बर्मा सहितका अन्य चार जना आकाक्षी उम्मेद्धवारको नाम केन्द्रिय कमिटीमा सिफारिस गरिएको श्रोतले बतायो।

लामो समयको पत्रकारिता गरेका बर्मा पछिल्लो समय सक्रिय राजनिती गरिरेहेका छन। प्रेस युनियनका मध्यपश्चिम सँयोजक रहेका उनी नेपाली काग्रेस प्यूठानका जिल्ला पत्रकारिता गरेका बर्मा पछिल्लो समय सक्रिय राजनीती गरिरहेका छन ।

प्रेस युनियनको मध्यपश्चिम सँयोजक रहेका बर्मा काग्रेस प्यूठानका बर्तमान सचिव हुन। प्रभावशाली युवा नेता भएकाले केन्द्रले बर्मालाइ नै नगरपालिकाको मेयर सिफारिस गर्ने कतीपयको ठहर छ ।

यता पत्रकार महासँघ प्यूठानका बर्तमान अध्यक्ष युवा पत्रकार महावीर राना समेत चुनाव लडने चर्चा सुरु भएको छ। माओबादि केन्द्रबाट उनी गौमुखी गाउपालिकाको अध्यक्षको उम्मेद्धवार रहेको समेत जिल्लाको राजनितीक बृतमा चर्चा छ। यद्धपी रानाले आफनो उम्मेद्धवारी बारे अहिल्यै फिक्स भै नसकेको बताए।

२०६३ सालमा पश्चिमान्चल एफएम पाल्पाबाट पत्रकारिता थालेका रानाले अहिले जिल्लामै रेडियो गौमुखी एफएम सँचालन गर्दै आएका छन।

प्रतिक्रिया दिनुहोस्