शान्तिप्रियको सांगीतिक अधर सार्वजनिक



पत्रकार तथा साहित्यकार शान्तिप्रियले आफूद्वारा रचित गीतहरुको पहिलो एकल गीति अडियो एल्बम अधर सार्वजनिक गरेका छन्। शान्तिप्रियले जन्मदिनको अवसर पारेर बिहीबार राजधानीमा आयोजित एक समारोहबीच एल्बम सार्वजनिक गरेका हुन्।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संगीतकार शम्भुजित बाँस्कोटा अतिथि कलकर्मीहरु वसुन्धरा भुसाल, मोहन निरौला, डा. नवराज लम्साललगायतले उनको एल्बम सार्वजनिक गरेका थिए। कार्यक्रममा साहित्यकार डा. लम्सालले एल्बमभित्र समावेश गीतको समीक्षा गरेका थिए भने केक काटेर जन्मदिनको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो।

सार्वजनिक एल्बमभित्र म त माया गर्ने मान्छे, म त नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दूरी चल्यो, याद तिम्रो धेरै आइरह्यो बोलका कुल ५ गीत संगृहित छन्। यी गीतमा सन्तोष श्रेष्ठ, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन्।
कार्यक्रममा एल्बमभित्र संगृहित गीतहरुको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। म त नफापेको मान्छे सबनम मुखियाले निर्देशन गरेकी छिन् भने मलाई जस्तो सुव्रत आचार्य र म त माया गर्ने मान्छेको म्युजिक भिडियो निर्मल शर्माले निर्देशन गरेका छन्।

कार्यक्रममा बोल्दै गीतकार शान्तिप्रियले फिल्म तथा अन्य एल्बमका लागि गीत लेख्ने क्रममा आफ्नै एल्बम तयार पारेको जानकारी गराए। उनले एल्बमका बाँकी २ गीतको पनि म्युजिक भिडियो निर्मँण गरिने जनँए।

त्यसै गरी संगीतकार बाँस्कोटाले एल्बममा समावेश सबै गीत कर्णप्रिय भएको बताए भने डा. लम्सालले शान्तिप्रियका गीतको शब्दले मायाको व्याख्या तेस्रो पक्षबाट गरेको चर्चा गरे। कार्यक्रममा अभिनेत्री वसुन्धरा भुसाल, कार्यक्रमका सभापति उदयलगायतले पनि एल्बमबँरे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्