आरोग्य र समिर सेमिफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका आरोग्य लामा र समीर लामा प्रथम दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेका छन्। शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको पुरुष २० केजी तौल समुहमा आरोग्यले बसन्त योगी र समीरले सोनम शेर्पालाई हराउँदै अन्तिम चारमा स्थान बनाए। त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा सोही तौलसमुहको महिलातर्फ अस्मीता राई र कामना मगरले अन्तिम चारको यात्रा तय गरे।

नेपाल सोतोकान कराँते संघको आयोजनामा भएको च्याम्पियनसिपको २५ केजी तौलसमुह अन्तर्गत पुरुषमा साजन श्रेष्ठ र आदर्श लामा तथा महिलामा कामना थापा मगर र सुस्मीता श्रेष्ठ पनि अन्तिम चारमा पुगे। ३० केजी तौल समुहको पुरुषमा सन्देश राई र साजन गुरुङ अन्तिम चारमा प्रवेश गरे।

प्रतिक्रिया दिनुहोस्