शिक्षिकासंगको सम्बन्ध पारपाचुकेतर्फ



वासिंगटन,(एजेन्सी)
आफुलाई १२ वर्षको उमेरमा वलात्कार गरी जेल संजाय समेत भोगेकी पत्नीबाट कानुनी रूपमा पारपाचुके लिनका लागि मुद्धा दायर गरेको अमेरिकाको एक अदालतले जनाएको छ। ३३ वर्षिय पति भिली फुलाउले आफ्नी ५५ वर्षिया पत्नी मेरी काय फुलाउसंगको १२ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्यका लागि वासिंगटन राज्यको एक अदालतमा आवश्यक कागजात पेश गरेका छन्।

उनले प्रेम सम्बन्धको कारण चार सन्तानकी आमा तथा ३४ वर्षिया पुर्व शिक्षिका मेरीसंग विवाह गरेका थिए। उनले वलात्कारको कारावास संजाय भोगिसकेकपछि सन् २००५ मा भिलीसंग गोप्य तरिकाले विवाह गरेकी थिइन्। भिलीले उनीसंग वैवाहिक सम्बन्ध अन्त्य गर्न खोज्नुको कारण भने बताएको छैन।

अमेरिकी संचार माध्यमले उनले अदालतमा दायर गरेको याचिका पत्रमा आफु र आफ्नी पत्नीको कुनै सम्पत्ति र ऋण नभएको उल्लेख गरेको जनाएको छ। भिलीको मेरीको कोखबाट दुई सन्तान रहेका छन्।

सन् १९९६ मा सियाटलमा भिली कक्षा छमा अध्ययनरत रहँदा तिनीहरूबिच प्रेम प्रसंग शुरु भएको थियो। मेरीले पारपाचुके सम्बन्धमा कुनै प्रतिक्रिया जनाएकी छैन। सन् १९९७ मा वलात्कारको आरोपमा पक्राउमा पर्दा उनी भिलीको गर्भ बोकेकी थिइन्। उनले भिलीको दाश्रो सन्तानलाई जेलमै जन्म दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्