सम्मानको फेसन



पहिलो चरणको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई अहिले बोलाउँदै सम्मान गर्दै गर्ने खेलोफड्को शुरु भएको छ। भर्खर उहाँहरू आउनुभएको छ, केही काम गर्नै पाउनुभएको छैन तर हामीकहाँ सम्मानको लहर चलेको छ। उहाँहरूको मात्रै होइन जुनसुकै निकायको निर्वाचन हुँदा पनि यस्तै हुने गरेको छ, जुन लाजमर्दो अवस्था हो।

झण्डै दुई दशकपछिको निर्वाचनबाट आएका नयाँ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूलाई सम्मानमा अल्मल्याउने काम कति सही होला ? बरु निर्वाचित हुनेहरूले पनि बुझाउन प्रयास गर्ने कि ? किनकि उहाँहरूले केही गर्नु भएकै छैन। बरु केही गर्न दिनुस्।

नत्र त केही महिना यस्तै सम्मानमा बित्ने डर भो। अनि काम कहिले गर्ने ? हत्तेरिका हामी कहाँ खादा लगाउन जनप्रतिनिधिहरूको कुदाकुद हुन थालेपछि मुलुक कहिले बन्ला ? चुनाव अघि गरेका बाचा पूरा गर्ने अवसर उहाँहरूलाई दिऔं न हो। खालि सम्मानको निम्तो नगरौं। धरहराको छेउमै भेला भएका केही सर्बसाधारणले यस्तो कुरा गरेको सुनेर यसलाई पनि चित्त बुझ्यो है पाठकबृन्द।

प्रतिक्रिया दिनुहोस्