पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिए



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिका पेरिस सम्झौताबाट बाहिरिने फैसला दिएको छ।

उनले अमेरिकी हितको रक्षा आफनो मुख्य उद्देस्य पुरा हुने प्रारम्भिक चरण देखिको एक नयाँ सम्झोता गर्ने बताए। राष्टपति ट्रम्पले आफुले अमेरिकाको आद्योगिक हितको रक्षा गर्ने र नागरिकको राजगारी बचाउने खालको सम्झौता गर्न चाहेको बताए।

गत बर्ष राष्टपति पदको चुनाव अभियानबा क्रममा उनले मतदातासँग चुनाव जितेमा अमेरिकालाई जलवायु परिवर्तन सम्झौताबाट बाहिर ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

ट्रम्पले आफनो भाषणमा अमेरिका र उसका नागरिका हितको रक्षा गर्ने आफनो कर्तब्य पुरा गर्दै अमेरिकालाई पेरिस सम्झौताबाट बाहिर निकालेको बताए। तर अमेरिकाको हितलाइ ध्यान राख्ने नयाँ सम्झौताका लागि वार्तापनि गर्ने उनले बताए। ’त्यसतो सम्झौता जसले अमेरिकाका उद्योग, कामदार तथा कर दिने नागरिकको हितलाई ध्यान राख्नेछ। पेरिस सम्झौताबाट बाहिरिनु अमेरिकाको स्वतन्त्रता र भविष्यमा हुने हस्तक्षेपलाई पनि रोक्नेछ’ उनले थपे।

उनले भने– पेरिस सम्झौता त्यसतो उदाहरण हो जुन वासिङटनले अन्य देशको फाइदाका लागि अमेरिकाको हितलाई नोक्सान पुर्याएको छ। अमेरिका आजैबाट गैर बाध्यकारी पेरिस सम्झौता लागु गर्न बन्द गर्नेछ।

उनले संयुक्त राष्ट्र संघको ग्रिन क्लाइमेट फन्ड अमेरिकासँग पैसा लिने धोकापुर्ण कार्यक्रम भएको र आफुले अर्बौं डलरको उक्त कोषर्ला तत्कालबाट अन्त्य गरेको बताए।

अमेरिकासँग आफनो ब्यापक उर्जा स्रोत छ र अमेरिका अन्य देशमाथि निर्भर नरहेर आफनो उर्जा आवश्यकता पुरा गर्न सक्छ।

हामी विश्वका नेता र देश हामी माथि हाँसोस भन्ने चाहँदैनौ। अब उनीहरू हामीमाथि हाँस्ने छैन। म नत पिट्र्सबर्गका नागरिकको प्रतिनिधित्वका लागि चुनिएको हुँ नत पेरिसको प्रतिनिधित्वका लागि। मैले बचन दिएको थिएँ , म कुनै पनि हालतमा ती सम्झौतालाई ताड्ने छु वा जसले अमेरिकाको हितलाई ध्यान दिएको छैन त्यसमा कुरा गर्नेछु।

चाँदैनै थुप्रै ब्यापारिक सम्झौतामा पुन वार्ता हुनेछ।

पेरिस सम्झौताले चीन र भारत जस्ता देशका लागि फाईदा पुर्याउँछ। यो सम्झौताले अमेरिकी सम्पदालाई अन्य देशमा बाँटिरहेको छ। भारत अर्बौ डलरको विदेशी मद्दत लिएर सम्झौतामा सहभागी भएको छ।

ट्रम्पले सम्झौताबाट बाहिरिनुले उनको देशका तेल र कोइला उद्योगलाई मद्दत मिल्ने छ। तर उनका विपक्षीहरूले सम्झौताबाट अलग्गिनु भनेको अन्तराष्टिय चुनौती समक्ष अमेरिकी नेतृत्वको समर्पण हुने बताएका छन्।

यसअघि संयुक्त राष्टका महासचिव एन्टोनियो गटेरेजले ट्रम्पसँग पेरिस सम्झौता नतोड्न अपिल गरेका थिए। गुटेरेज अमेरिका सम्झौताबाट अलग्गिएपनि जलवायु परिवर्तन विरुद्धको लडाइ जारी रहने बताएका थिए।

गुटेरेज भने– अवस्यपनि यो एउटा महत्वपुर्ण फैसला हो। किनभने अमेरिका विश्वको सबैभन्दा ठुलो अर्थब्यवस्था हो।

’तर अमेरिकी सरकारले जस्तो फैसला लिएपनि बाँकी सबै सरकार मार्गमा रहनु महत्वपुर्ण हुनेछ।’

पेरिस सम्झौता विश्वको साझा भविष्यका लागि अत्यन्त महत्वपुर्ण भएको र अन्य समाज जस्तै अमेरिकी समाजकालागि पनि महत्वपुर्ण भएको बताउँदै पेरिस सम्झौतालाई कायम राख्नका लागि एकजुट हुन उनले आह्वान गरेका थिए।

जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङले उद्योग र कृषि कार्यबाट उत्सर्जित हुने ग्याससँग पर्यावरणमा हुने नकारात्मक तथा नोक्सानदायी असरलाई समेतेको छ।

जलवायु परिवर्तनमा देशहरूले निम्न बुँदामा सम्झौता गरेका थिए।

विश्वब्यापी तापक्रमलाई दुई डिग्री सेल्सियभन्दा तल झार्नु र १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरै नबढाउने प्रयास गर्नेछ। मानविय कार्यबाट हुने ग्रिनहाउस ग्यास उत्सर्जनलाई रुखविरुवा, माटो र समुद्रले प्राकृतिक रूपमा सोच्न सकिने स्तरमा ल्याउने छ।

यसको सुरुवाट सन् २०५० देखि २१००को बीचमा गरिनेछ। प्रत्यक पाँच बर्षमा ग्यास उत्सर्जनमा कटौतीमा प्रत्येक देशको भुमिकाको प्रगतिको समिक्षा गरिनेछ। विकासशिल देशका लागि जलवायू वित्तिय सहायताका लागि १ सय अर्ब डलर प्रति बर्ष दिने र भविष्यमा यसलाई बढाउने प्रतिबद्धता रहनेछ।

प्रतिक्रिया दिनुहोस्