रहिनन् बन्ड गर्ल



हलिउड एक्ट्रेस तथा बन्ड गर्ल मोली पिटर्सको ७५ वर्षको उमेरमा निधन भएको छ। इंग्ल्यान्डमा जन्मिएकी उनले आफ्नो करिअर मोडलिङबाट शुरू गरेकी थिइन्।
६० को दशकमा केही फिल्ममा अभिनय गरेकी उनले जेम्स बन्ड सिरिजको फिल्म थन्डरबोलबाट निकै चर्चा बटुलेकी थिइन्। जसमा उनले बन्ड गर्लको भूमिका निर्वाह गरेकी थिइन्। उनी बोल्ड एक्ट्रेस थिइन्। जसले एक फिल्ममा न्युड सिन दिएकी थिइन्। उनी १९६५ मा प्लेब्वाइ म्यागेजिनको नम्बर वन इस्युमा देखिएकी थिइन्। उनको मृत्युको खबर जेम्स बन्डको अफिसियल ट्वीटर अकाउन्टबाट आएको हो। तर उनको मृत्यु कसरी भयो भन्नेबारे कुनै खबर आएको नआएको एजेन्सीले जनाएको छ।

केही दिनअघि मात्र बन्ड सिरिजको फिल्ममा जेम्स बन्डको भूमिका निर्वाह गर्ने एक्टर रोजर मुरको पनि क्यान्सरको कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्