उही पारा



काठमाडौं महानगरपालिकाले मेयर पाएपछि राजधानीबासीलाई अब त काठमाडौं सुन्दर बन्छ कि भन्ने लागेको धरहराले थाहा पाएको छ। राजधानीमा हिड्नका त कुरै छोडौं सास फेर्न सकिने अवस्था छैन। यसैले पनि यहाँका जनताले मेयर पाएपछिको सुन्दर काठमाडौंको सपना देख्नु स्वाभाविक पनि हो। त्यसैले मेयरले शपथ खाएपछि केही न केही होला भन्ने ठानेको तर बाँसबारीतिरको क्षेत्रमा यसो बढारे झैं गरेको देखेर पो यसलाई नमज्जा लागेको छ।

पाइन्ट कोट लगाएर बढार्ने काम गर्दा मेयरलाई अलि अप्ठेरो परेको धरहराबाट देखियो। उहाँ लुगामा दाग नलागोस भनेर पनि सचेत भएको पनि देखिन्थ्यो। यसरी काम गर्नु भनेको त कुनै नौलो नै रहेन। पुरानै शैली देखियो। भनिन्छ पनि नयाँ सीसीमा रक्सी पुरानै जस्तो मात्रै। फेरि एक दिन सफा गरेर काठमाडौं सफा हुने पनि होइन। हेर्दै जाऔं के के हुने रहेछ ?

अहिलेको जमानामा कुची लिएर शहर सफा गर्नुभनेको आधुनिकता पनि होइन। भ्याकुम गाडी ल्याएर सफा गर्ने परम्परा चलाउन सिकाउनुपर्यो नवमेयरले भन्ने पनि धरहरावरपर धेरै देखिए। यो कुची डालो समाएर बढार्ने काम त घर र घर वरिपरि मात्रै सुहाउँछन् आजकलको जमानामा। कि कसो पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्