नवराज सिलवालको मुद्दा असार १ लाई सर्यो



आफूलाई प्रहरी महानिरिक्षक (आइजिपी) बनाउनुपर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले अझै पनि टुङगो लगाउन सकेको छैन ।

बिहीबार भएको सुनुवाई नटुंगिएपछि मुद्दा यथावत राख्दै सवच्र्च अदालतले असार१ गतेका लागि सारेको छ।

सिलवालको मुद्दा सुनुवाईका लागि बिहीबार ७ सदस्यीय बृहत पूर्ण इजलाश गठन भएको थियो ।

न्यायाधीशहरु चोलेन्द्रशम्सेर राणा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल प्रधान, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलाशमा सिलवालको पक्षबाट रिट निवेदकहरुले बहस गरेको अधिवक्ता विकास भटराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्