आरपी बेकरीलाई राष्ट्रिय खाद्य स्वच्छता प्रमाणपत्र



काठमाडौं, (नेस)
‘राम्रो’ ब्रान्डका बिस्कुट तथा कुकिजको उत्पादक आरपी बेकरीलाई ९औं राष्ट्रिय खाद्य स्वच्छता दिवसमा प्रथम स्थानको प्रमाणपत्र प्रदान गरिएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वार्षिक रूपमा आयोजना गर्दै आएको छ।

वि.सं. २०६९ सालमा पनि आरपी बेकरीलाई सोही समारोहले दोस्रो स्थानबाट सम्मानित गरेको थियो। आरपी बेकरीका निर्देशक आदित्य अग्रवालले भन्नुभयो–‘यस उपलब्धिले हाम्रो उत्पादनको गुणस्तरलाई कायम गरी ग्राहक समक्ष पुर्याउने दायित्वलाई अझै बढी हौसला दिएको छ। यस उपलब्धिलाई आगामी वर्षमा पनि निरन्तरता दिनलाई मैले एउटा ठूलो चुनौतीको रूपमा लिएकोछु।’

प्रतिक्रिया दिनुहोस्