एनसेलको फोरजी शुरू



काठमाडौं, (नेस)
एनसेलको फोरजी! लङ्ग टर्म इभोलुसन (एलटीई) सेवा शुरू भएको छ।
फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोबाइल भएका सबै एनसेल ग्राहकले बिहीबार जेठ १८ गतेबाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा हुने कम्पनीले जनाएको छ। प्रविधि तटस्थताको अनुमतिअन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको हो, जसले बहुप्रतिक्षित उच्चस्तरीय डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने बृहत् सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं। यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ।, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भन्नुभयो।
एनसेलले आगामी ७ महिनासम्ममा (अर्थात् सन् २०१७ को अन्त्य सम्ममा) कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ। यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्