मिस टिन एसईईमा २५ को भिडन्त



स्टार बन इन्टरटेनमेन्टले यसपालि एसईई दिएर बसेका किशोरीहरुको प्रतिभा र व्यक्तित्व विकासका लागि मिस टिन एसईई २०१७ सिजन ३ प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजक पूजा निरौलाले एसईई दिएर उच्च शिक्षाको पर्खाइमा रहेका किशोरीहरुलाई भविष्यको मार्ग निर्धारण गर्न सघाउन प्रतियोगिता गर्न लागेको बताइन्। प्रतियोगितामा हिरयोना केसी, ईशा न्यौपाने, दीपिका रेग्मी, अनिशा श्रेष्ठ, इभ्नाश्य अधिकारी, पुष्पिका चालिसे, सुजा तामाङ, सुष्मा तामाङ, पलिजा मानन्धर, निकिता कार्की, स्वस्तिका राय क्षत्री, सुमी उप्रेती, मुस्कान अग्रवाल, स्वस्तिका खड्गी, श्रीषा शाक्य, फुरा एन्जी शेर्पा, रोजिना गुरुङ, टेनिसा बजगार्इं, गीताञ्जली बस्नेत, कर्मा वङ्जी गुरुङ, सुदीक्षा देवकोटा, मेरिना शाह, वन्दना सुनुवार, रिया उपाध्याय र प्रकृति पौडेल गरी २५ किशोरीले स्पर्धा गर्दै छन्।

प्रतियोगितामा सामेल किशोरीहरुलाई विभिन्न विषयमा नयाँ बानेश्वरस्थित होटल रानी महलमा २ महिने प्रशिक्षणमा दिइएको व्यवस्थापक बालकृष्ण पोखरेलले जानकारी गराए। उनका अनुसार प्रतियोगिहरुलाई जुम्बा, स्विमिङ, कोरियोग्राफी, डान्स, कलेज प्रशिक्षण, ग्रुमिङ, भिजिटिङ कक्षासमेत प्रदान गरिएका छन्। प्रतियोगिताका विजेतालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने आयोजक पूजा निरौलाले जानकारी गराएकी छिन्। दीपेन्द्र कार्कीको संयोजन र कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चानलमा हुने प्रतियोगिता आगामी ४ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्