सिलवालद्वारा आयोगमा उजुरी



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आफूविरुद्ध प्रहरी संगठनबाट सुराकी भइरहेको भन्दै बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी हालेका छन्।

बुधबार दिउँसो ठमेल पुगेका डीआईजी सिलवाललाई प्रहरी जवान दिनेश केवट र प्रहरी सहायक निरीक्षक सुरज श्रेष्ठले पिछा गरी सानेपा पुगेपछि उनीहरूलाई समातेर सोधपुछ गर्दा आफूहरू प्रहरी संगठनबाट खटिएको जनाएको डीआईजी सिलवालले नेपाल समाचारपत्रसँगको कुराकानीमा दाबी गरेका छन्।
डीआईजी सिलवालले आफ्नो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रहरीले आफ्नो बाच्न पाउने अधिकारमाथि कुठाराघात गरेको आयोगमा दिइएको निवेदनमा जनाइएको छ। उनी हाल बिरामी बिदामा रहेका छन्।

यस विषयमा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालसँग जिज्ञासा राख्दा यस बारेमा कुनै जानकारी नभएको जानकारी गराइयो।

प्रतिक्रिया दिनुहोस्