अफगानिस्तानमा शक्तिशाली बम बिस्फोट,८० जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते



काबुल ।
अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम बिस्पोट भएको छ । बुधबार बिहान गराइएको शक्तिशाली बम बिस्पोटमा परी करीब ८० जनाको मृत्यु भएको छ भने ३ सय जना भन्दा बढी घाइते भएको अफगानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिस्पोटबाट सय मिटर वरपररहेका भवनहरुमा क्षती पुगेको छ । भारतीय दूतावासको झ्यालका सिसाहरु समेत फुटेका छन् । बम बिस्फोट गराइएको स्थल नजिकै भारतीय दूतावासको अलावा जर्मन र इरानी दूतावास समेत रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्