छुट्टा छुट्टै दुर्घटनामा १८ घाइते, दुइको अवस्था गम्भीर



सोनी खनिया, दमौली ।

तनहुँमा मंगलबार दुई छुट्टा छुट्टै दुर्घटनामा परि १८ जना घाइते भएका छन। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ कमलबारीमा मुग्लिन बाट दमौली तर्फ आउदै गरेको ना ४ ख २७३२ नम्बरको ट्रकले मोटरसाइकल, पर्यटक बस, तेल ट्याङ्कर र माइक्रो लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । सो दुर्घटनामा घरमा पनि क्षति भएको छ ।
ट्रकको ब्रेक फेल हुदा ट्रकले विपरीत दिशाबाट गइरहेका ग ११ प ५३२ नम्बरको मोटरसाइकल, ग १ प १३६२ नम्बरको पर्यटक बस, ना ४ ख ३४१२ नम्बरको तेल ट्याङ्कर र बा २ ख १४१० नम्बरको माइक्रो लाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको र सोही दुर्घटनामा घाइते भएका वर्ष ४२ का मनोज आले लाई भने पोखरा स्थित फिस्टेल अस्पतालमा पठाइएको प्रहरी नायब निरक्षक मनोज पाण्डेले बताए ।

त्यसैगरि तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ माथिल्लो गुणादीमा मंगलबार यात्रुवाहक माइक्रो दुर्घटना हुदा माइक्रोमा सवार १५ जना यात्रुहरु घाइते भएका छन । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

पोखरा बाट काठमाडौं तर्फ जादै गरेको ग १ ख ४९५२ नम्बरको माइक्रो दुर्घटना भएको हो । सो दुर्घटनामा गम्भीर घाईते भएका २ जना यात्रुहरु लाइ पोखरा स्थित मणिपाल अस्पताल पठाइएको र ६ जना लाइ पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाइएको प्रहरीले बताएको छ । अन्य यात्रुहरु अवस्था सामान्य रहेको छ ।

पानि परेकोले सडक चिप्लो भएको समयमा माइक्रोको गति तीव्र भएकोले सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । माइक्रो चालक लाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य यात्रुहरुको अवस्था भने सामान्य रहेको र ट्रक चालक लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्