होटल र्‍याडिसनका प्रमुखको निधन



काठमाडौं,(नेस)

होटल र्‍याडिसनका  प्रमुख तथा प्रबन्ध निर्देशक बिके श्रेष्ठको मंगलबार बिहान भैंसेपाटीस्थित उहाँको निवासमा ६४ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उहाँ केही समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

यसअघि अस्पतालमा उपचारार्थ लगिएकोमा पछिल्लो समय भने उहाँले आफ्नो निवासमै चिकित्सकको सहयोगमा उपचार गराइरहनुभएको थियो ।

उहाँ नेपालको पर्यटन प्रवद्र्धनमा विगत चार दशकदेखि सक्रिय रहनुभएको थियो । उहाँ होटल एशोसिएसन अफ नेपाल (हान)को पूर्व अध्यक्ष हुनुका साथै नेपाल जर्मन चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँका पत्नि र तिन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्