एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ ब्यवसाय, ५० जनाले सिके ब्यवसाय गर्ने सीप



काठमाडौ (नेस) ।
नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ कृषि उत्पादनलाई ब्यवसाय बनाउँदै आएका ५० जना ब्यवसायी छानेको छ । झण्डै साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको ब्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो ।
कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ ब्यवसायका दुई जनाका दरले छानिएका हुन् । यस क्याम्पलाई विश्व बैंक, इन्फोडेभले सघाएको हो । राम्रा ब्यवसायमा लगानी गर्दै आइरहेको विजनेश अक्सिजन (विओटु) ले बुट क्याम्पमा साझेदारी गरिरहेको छ ।
बुट क्याम्पमा कृषिमा आधारित ब्यवसाय गर्दै आएका ती २५ वटा समुहले आफ्नो ब्यवसायिक योजनालाई उचाइमा पु¥याउने गरी तिखारेका छन् । यस प्रकारको कार्यक्रमले छानिएका कृषि उत्पादनमा आधारित ब्यवसायलाई दीगो बृद्धितर्फ लैजान सघाउने आयोजक एनइहलका सहसंस्थापक ब्रिजेन्दरोचन जोशीको विश्वास छ ।

एनइ हवले राजधानीमा सोमबार आयोजना गरेको संचारमाध्यमसँग अन्तक्र्रिया कार्यक्रममा यस्तो बुट क्यम्पले विजनेश गर्ने नयाँ आइडिया भएका स्टार्टअपहरूलाई आफ्नो दिमागमा भएको ब्यवसायलाई बजारसम्म पु¥याउन ब्यवसायिक र आर्थिक योजना बनाउन मद्दत गर्ने बताए ।

क्याम्प आयोजना गर्न सघाइरहेको बल्र्ड बैंक इन्फोडेभका सुमन शाक्यले कृषिमा आधारित ब्यवसायलाई प्रबर्धन गर्न बुट क्याम्प आयोजना गरिएको बताए । क्याम्प अबधिमा सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गरेको उनको भनाइ थियो ।सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारीलगायतका वषयमा प्रतिशिक्षित गरेका थिए ।
इनइहबले दुई समुहमा विभाजन गरेर बुट क्याम्पका सहभागीलाई छानेको थियो ।

सुरुमा नयाँ आइडिया÷स्टार्टअप र ब्यवसाय गरिरहेकाहरूसँग फेब्रअरी १२ देखि मार्च १० सम्म छुट्टाछुटै आवेदन माग गरिएको थियो । यसमा देशभरिबाट ३८३ स्टार्टअप र २५८ वटा ब्यवसाय गरिरहेका गरी ६४१ ब्यवसायीले आवेदन गरेका थिए । दुवै गरी प्रि जजिङ राउन्डबाट ६५ स्टार्टअप र ४६ ब्यवसाय गरिरहेकाहरु छानिए ।
तीमध्ये स्टार्टअपहरूलाई पहिलो पटक ‘स्टार्टअप विकेन्ड’ मा सहभागी गराइएको थियो । यसअघि आइटी क्षेत्रमा इनोभेटिभ आइडिया भएकाहरूलाई स्टार्टअफ विकेन्डमा सहभागी गराउने अन्तराष्ट्रिय प्रचलन थियो । यसपाली नेपालमा कृषि ब्यवसाय गर्न खोज्ने स्टार्टअपहरूले त्यस्तो अबसर पाएका थिए ।

स्टार्टअप विकेन्डमा खासगरी सप्ताहान्तको शुक्रबार साँझदेखि आइतबार साँझसम्म ब्यवसायीले लगातार क्याम्पमा बसेर आफ्नो ब्यवसायीक योजनालाई तिखार्छन् । अप्रिल ७ देखि ९ तारिकसम्म लगातार ५४ घन्टा भएको कार्यक्रममा ३३ सहभागीले आआफ्ना आइडिया पिच गरेका थिए । त्यसबाट १० वटा आइडिया छानिएका थिए । तीमध्येबाटै अन्तमा ५ वटा आइडिया बुटक्याम्पका लागि छानिए ।

अर्कोतर्फ चालु कृषि ब्यवसायमध्ये ‘स्पिड डेटिङ’ का माध्यमबाट ४६ मध्ये अप्रिल १ मा २० वटा ब्यवसाय छानिए । ती ब्यवसाय कृषि ब्यवसायमा दख्खल राख्ने विभिन्न ब्यक्तिहरूको समुहले योजना मूल्यांकन र अन्तवार्ताका माध्यमबाट छनौट गरेको थियो ।
यसरी दुई समुहबाट छानिएका ५ स्टार्टअप र २० वटा चालु ब्यवसाय गरी २५ समुहलाई अप्रिल २१ देखि २७ सम्म भएको ‘एग्रिबिजनेश बुट क्याप्प’ मा सामेल गराइएको थियो । क्याम्पको साताभर हरेक दिन विभिन्न विषयका विज्ञले उनीहरूलाई सप्लाइ चेन, प्याकेजिङ, भ्यालु प्रपोजिसन, कस्टोमर सेग्मेन्टेसन, ब्रान्डिङ, फाइनान्स, सेल्स एन्ड डिस्ट्रिब्युसनलगायतका विषयमा प्रशिक्षण दिएका थिए । अन्तिम दिन सहभागीहरूले आफ्नो प्रस्तुति दिएका थिए । निर्णायकहरूले तीमध्येबाट उत्कृष्ट २० जनालाई छानेका थिए ।

अन्तिममा छानिएकाहरूलाई मे २८ र २९ मा हुने मेन्टरसिप (प्रशिक्षण) कार्यक्रममा सहभागी गराइने एनइहवका जोशीले जानकारी दिनु भयो । यसरी छानिएका ब्यवसायीहरूलाई उनीहरूको कृषिमा आधारित ब्यवसाय बृद्धिका लागि ‘तयार ब्यवसाय’ बनाउन समुहपिच्छे एक्लाएक्लै प्रशिक्षण दिइँदै छ । त्यसपछि ती ब्यवसायिक समुहलाई नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरलाई हस्तान्तरण गरिने छ ।

सेन्टरले ब्यवसायलाई लगानी गर्नेहरूसँग सहजीकरण गर्ने, ब्यवसाय विस्तार गर्न देखिएका चुनौतीहरूको समाधान गरिदिने, प्रशिक्षण र परामर्श दिनेलगायतका काम गर्ने छ ।

यसरी छानिएका उत्कृष्ट ब्यवसायमा चिया, कफी, केरा, अचार, मसला, मह, जडिबुटी, खाद्य प्रसोधन, नरिवलको पातबाट दुना टपरी बनाउनेलगायतका ब्यवसाय छन् । कार्यक्रममा कंचनजंघा अर्गानिक अर्थोडक्स टी इन्डस्टीकी मिलनकुमारी खत्रीले एग्रिबिजनेस बुट क्याम्पले आफूहरुलाई ब्यवसाय विस्तार गर्न ठूलो ज्ञान दिएको बताइन् ।

बुट क्याम्प अबधिमा सहभागीहरूले आफ्नो ब्यवसायलाई विकास र विस्तार गर्न भरपूर दक्षता हासिल गरेका छन् । कुनै योजनाबिना ब्यवसाय सुरु गरेका बेला बुट क्याम्पमा बसेर बजार खोज्ने, ब्यवसायिक योजना बनाउने, उत्पादित बस्तुको गुणस्तर कायम गर्ने, स्तरीय प्याकेजिङ कसरी गर्ने जस्ता कुराहरू सिकेको उनले बताइन् ।

कतिपय योजनाले बुट क्याप्पकै अबधिमा लगानीकर्तासमेत भेटिसकेका छन् । बुट क्याम्पमा साझेदारी गरिरहेको विजनेश अक्सिजनले उत्कृष्टमध्ये ७ वटा ब्यवसायमा लगानी गर्ने इच्छा जाहेर गरेको एनइहवकी सुसन कर्माचार्य बताइन् ।

प्रतिक्रिया दिनुहोस्