सगरमाथामा पाइला टेकेको ६४ वर्ष पूरा



दीपेन्द्र थापा, काठमाडौं

६४ वर्ष अगाडि अर्थात सन् १९५३ मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा नेपाली नागरिक तेन्जिङ नार्गे शेर्पा र न्यूजील्यान्डका नागरिक सर एडमन्ड हिलारीले पहिलो पाइला टेक्न सफल भएका थिए।

मे २९ तारिखलाई सगरमाथामा विजय प्राप्त गर्न सफल दिनको स्मरण गर्दै १०औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस सोमबार मनाइँदै छ। संस्कृति, पर्यटन तथा नागरिक उडड््ययन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा मुल आयोजक समारोह समिति गठन गरिएको छ। सो समाहरोमा सगरमाथाको प्रवद्र्धन गर्न र चुचुरोमा चुम्न सफल दिनको स्मरण गर्दै सफल आरोहीलाई सम्मान गरिँदै छ।

त्यस्तै जापानी नागरिक जुनको तावइकोले सन् १९७५ मे १६ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन। पर्यटन विभागको तथ्यांक अनुसार सन् १९७५ देखि सन् २०१४ सम्म २ सय ७९ जना महिलाले आरोहण गरेका छन्। पुरुषको संख्यामा भने सन् १९५३ देखि २०१४ सम्म ४४२८ जना चुचुरोमा पुग्न सफल भएका छन्। सबैभन्दा बढी ३२१ अमेरिकी नागरिकले रहेका छन्।

हालसम्म धेरैपटक अर्थात २१ पटक आरोहण गर्नेमा पुरुषतर्फ तीन जना रहेका छन्। उनीहरूले आप्पा, फूर्वाटासी, तानीरिता शेर्पाले राहेका छन भने महिलातर्फ लाप्पा शेर्पाले ८ पटक सगरमाथा आरोहण गर्नु भएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आरोहीको संख्या ४ हजारभन्दा बढिरहेको छ भने तर कुल शिखर आरोहण संख्या भने ८ हजारभन्दा बढी रहेको हुन सक्ने शेर्पाले बताउनुभयो। यस अवधिमा सगरमाथा आरोहणकै क्रममा मृत्यु हुनेको संख्या ३ सय १५ भन्दा बढी हुन सक्ने संघले जनाएको छ। आरोहण गर्नेमा आधा नेपाली र आधा विदेशीको संख्या रहेको संघले जनाएको छ।

यस वर्षको आरोहण सिजनमा हालसम्म करिब ३ सय ३० जनाभन्दा बढी आरोही सगरमाथा चुचुरोमा पाइला टेक्न सफल भएका छन्। पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि यसपटक नेपालीसहित ३ सय ७५ जनाले अनुमति लिएका थिए। यीमध्ये हालसम्म ६ जनाको आरोहणका क्रमममा मृत्यु भइसकेको छ। यो तथ्याङ प्रारम्भिक रहेको विभागको जनाएको छ। वर्षको पहिलो आरोहण जेठ १ गते सोमबारबाट शुरू भएको थियो। विदेशीले सगरमाथा आरोहण अनुमति लिन ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्