आर्सेनललाई एफए कपको उपाधि



लन्डन, (एजेन्सी)
आर्सेनलले ईगंल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपको उपाधि उचालेका छन् ।

प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले यस सिजनको एफए कप उपाधि जितेको हो । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो । प्रतियोगिताको शनिबार राति भएको फाइनलमा आर्सेनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले पराजित गरेको थियो । वेम्बलीमा भएको खेलमा आर्सेनलले खेलको चौथो मिनेटमा नै सान्चेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उक्त गोललाई असिस्टेन्ट रेफ्रीले अफसाइड देखाए पनि मुख्य रेफ्रीले गोलको मान्यता दिएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले खेलको ६८औं मिनेटमा थप नोक्सानी बेहोर्यो । भिक्टर मोएजले दोहोरो पहँलो कार्ड पाएर मैदान छोडेपछि चेल्सी १० खेलाडीमा खुम्चियो । दस खेलाडी भए पनि खेलको ७६औं मिनेटमा चेल्सीले बराबरी गोल फर्काउन सफल भयो । स्ट्राइकर डिएगो कोष्टाले बराबरी गोल फर्काएका थिए । तर उकत गोल भएको तीन मिनेटपछि नै राम्सेले गोल गर्दै आर्सेनललाई पुनः २–१ को अग्रता दिलाए । जुन गोल खेलको निर्णायक समेत सावित भएपछि आर्सेनलले उपाधि सुनिश्चित गर्यो । यो समेत आर्सेनलले एफए कपको उपाधि १३औं पटक जितेको हो भने प्रशिक्षक वेङ्गरको यो कीर्तिमानी सातौं उपाधि समेत बन्यो ।

प्रतिक्रिया दिनुहोस्