प्रमुख प्रतिस्पर्धी जोशीले दिए बधाई



काठमाडौं महानगरपालिकाका प्रमुखका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुभएका राजुराज जोशीले काठमाडौं महानगरबासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।

जोशीले आइतबार एक वक्तव्य जारी गर्दै भन्नुभएको छ– ‘लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया हो। चुनावी दौडमा रहँदा काठमाडौं महानगरपालिकाबासीसँग गरेका वाचाप्रति मसधैं कटिबद्ध रहन्छु। साथै मैले आम जनतासँग गरेका वाचा जायज रहेको हुँदा नवनिर्वाचित प्रमुखसँग सहकार्य गरेर पूरा गराउने बाटोमा लाग्नेछु।’ उहाँले निर्वाचनमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी साथै सबै वडाबाट विजयी हुनुभएका वडाध्यक्ष र वडा सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्