बस खस्दा ५ को मृत्यु



धादिङ, (नेस)
सदरमुकाम धादिङबेंसीबाट सल्यानटारतर्फ गइरहेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

धादिङबेंसी–सल्यानटार रुटमा चल्ने नियमित बस बिग्रिएपछि घटनास्थल नजिकै रहेको एउटा बोर्डिङ स्कुलको बसले यात्री हालेर हिँडेको केही समयपछि नीलकण्ठ नगरपालिका–११ भकारे भन्ने स्थानमा पुगेपछि दुर्घटना भएको थियो।

लगातार परेको पानीका कारण कच्चीबाटो चिप्लो भएको र चालकले मोडमा गाडी घुमाउँदा नियन्त्रण गुमाएपछि दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शी कुवेर धरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उक्त दुर्घटनामा परी घाइते भएका १५ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्