गणतन्त्र १० वर्षमा



काठमाडौं, (नेस)
आज सोमबार १०औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर आज सैनिक मन्च टुँडिखेलमा एक कार्यक्रमको आयोजना गरिने भएको छ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने भएको छ। गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति भण्डारीले एक चियापान कार्यक्रमको समेत आयोजना गर्नुभएको थियो। यसैबीच, सरकारले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई उक्त पदकबाट विभूषित गर्ने निर्णय गरेको हो। यो पदक सरकारले दिने सबैभन्दा ठूलो पदक हो।

बैठकले गणतन्त्र दिवसको अवसर पारेर ७ सय ५९ कैदीको कैद मिनाहा गर्ने निर्णय गरेको छ। त्यस्तै विभिन्न क्षेत्रमा ख्याति कमाएका ४ सय ९२ जनालाई विभिन्न मान पदवी तथा अलंकार प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्