विमानस्थल भित्रै सामान चोरी



काठमाडौं (नेस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै लगेज फुटाएर सामानहरु चोरी हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, एयरपोर्टबाट वाहिरिने क्रममा दैनिकजसो सामान हराएको गुनासो सुन्न पाइन्छ ।

पछिल्लो समय शनिवार राती ८ वजे अमेरीकाबाट नेपाल आइपुग्नु भएकीे सम्झना अधिकारीले आफ्नो लगेजबाट डेढलाख रुपैया बराबरको सामान हराएको गुनासो गर्नुभएको छ ।

इतिहाड एयरवयजबाट नेपाल आइपुग्नुभएकी अधिकारीको चारवटा लगेजमध्य एउटा लगेज हराएको थियो । पछि भेटिएको लगेज हेर्दा फुटाएको र भित्र रहेको महङ्गा सामानहरु हराएको थियो ।

पिडित अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार अमेरीकामा रहेका नेपालीहरुले आफन्तलाई पाठाएको दुईवटा महङ्गो मुल्य पर्ने मोवाईसेट र कष्मेटिक सामान झिकिएको थियो । साथिहरुले आफन्तलाई भनेर पठाएको सामान हराएपछि अब कसरी तिर्ने भन्नेबारेमा उहा चिन्तित हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय एयरपोर्टमा यसरी लगेज हराउने तथा लगेज भित्रको सामान चोरिने घटनाले यात्रुहरु चिन्तित भएका छन् । सम्बन्धित निकायमा लगेज फोरेर सामानहरु चोरिएको गुनासो गर्दा पनि कुनौ चासो दिने नगरेको पिडितहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्