सलमान चंकी पुत्री चिनाउँदै



बलिउड नायक सलमान खान नयाँ कलाकारका लागि भगवान् नै मानिन्छन्। उनले फेरि एक पटक बलिउड फिल्म नगरीमा एक नयाँ कदम उठाएका छन्। उनी एक–एक गर्दै आफ्ना समकालीन मित्रहरुको छोराछोरीलाई बलिउडमा प्रवेश गराउँदै छन्। केही समय पहिले उनले आफ्नो साथी अभिनेता सुनील सेट्टी तथा आदित्य पञ्चोलीको छोरी आथिया सेट्टीलाई सुरज पञ्चोलीको फिल्म हिरोमा प्रवेश राएका थिए। अब उनी आफ्नो अर्का साथी चंकी पाण्डेका छोरीलाई बलिउडमा प्रवेश गराउने तयारीमा छन्।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार चंकी पाण्डेको छोरी अनन्या पाण्डे आफ्नो बलिउड यात्राका लागि तयारीमा जुटेकी छिन्। जसलाई सलमानको साथ मिल्नेवाला छ। खबरमा बताइएअनुसार सलमान खाान तथा चंकी पाण्डे लामो समयदेखि राम्रा मित्र हुन्। उनी हाल आफ्ना मित्रकी छोरीको गडफादर बन्ने तयारीमा छन्। यस समय अनन्या आफूलाई ग्रुम गर्दै छिन्। यति बेला उनी सलमान खानको सल्लाहमा जिममा पसिना बगाइरहेकी छिन् भने न्युट्रिसियनको सल्लाहअनुसार डाइट लिइरहेकी छिन्।

अनन्याले हालै ग्रेजुयट सकाएकी हुन्। आफ्नी छोरीको बलिउड इन्ट्रीका बारे कुरा गर्दै चंकीले भनेका छन्– ‘अनन्या एक्ट्रेस बन्न चाहन्छिन्। उनले आफ्नो यो फैसला बारेमा केही समयअघि मलाई बताएकी थिइन्। म चाहन्छु अनन्याले आफ्नो काममार्फत् बलिउडमा नाम कमाउन् र छुट्टै ब्रान्ड बनाउन्।

प्रतिक्रिया दिनुहोस्