एसईई सुन्दरी स्पर्धामा



विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य तगा प्रतिभामूलक स्पर्धा गर्दै आएको रिबन इन्टरटेनमेट प्रालिले एसईई परीक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा रहेका विद्यार्थीका लागि सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस एसईई २०१७ सिजन ३ आयोजना गर्ने भएको छ। एसईई परीक्षा दिएर उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरुको प्रतिभा, क्षमता र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक निशु झाले जानकारी गराए।

प्रतियोगितामा १८ युवा र २९ जना युवती अन्तिम स्पर्धाका लागि तयारी गरिरहेका छन्। प्रतियोगीहरुलाई अन्तिम स्पर्धामा उतार्नुअघि २ महिने प्रशिक्षणको व्यवस्था गरिएको र नयाँ बानेश्वरस्थिथ होटल रानी महलमा विभिन्न शीर्षकको प्रशिक्षण भइरहेको पनि झाले जानकारी गराए। प्रतियोगितामा पुरुषतर्पm रोजन चाम्लिङ, विशाल चौधरी, आर्यन प्रसार्इं, रूपक श्रेष्ठ, सम्राटप्रसाद शाह, रचितविक्रम भण्डारी, प्रान्सल मगर, अजित कार्की, युनिश भर्देवा, सन्देश सुवेदी, कल्याण साह, आजय धिताल, एलिज श्रेष्ठ, विकास नगरकोटी, सञ्जीव वाइबा तामाङ, आयुष गुरागाईं, रक्किहाङ राई र निमेश तामाङ गरी १८ युवाहरु अन्तिम प्रतिस्पर्धामा भिड्दै छन्। त्यसै गरी दीपिका केसी, एलिजा बटोला, सगुन भुजेल, अस्मिताश्री रिजाल, सभिया ठकुरी, सिर्जना महत, हसिना श्रेष्ठ, दिनिता सरु मगर, सिन्डि वज्राचार्य, दिव्या विष्ट, दीपिका सुवेदी, कृतिका श्रेष्ठ, वन्सिका गौतम, अनुशा ढुंगेल, इशा सुनार, सानु कपाली, आस्था श्रेष्ठ, सरना रायमाझी, लिजा थापा, भावना जोशी, मन्दिरा भण्डारी, स्वस्तिका तामाङ, सिरिश्मा महर्जन, अस्मिता ढुंगाना, सुस्याना राई, एकता चन्द, सुप्रिया ढकाल, अरिका घिसिङ र प्रकृति भण्डारी गरी २९ एसईई सुन्दरीहरु अन्तिम स्पर्धामा भिड्दै छन्।

आगामी असार २ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताका प्रतियोगीहरुलाई प्रशिक्षणका क्रममा जुम्वा, स्विमिङ, कोरियोग्राफी, डान्स, टुर, कलेज प्रशिक्षण, ग्रुमिङ, भिजिटिङ कक्षा प्रदान गरिएको संयोजक श्रद्धा खरेलले जानकारी गराइन्। यसका अतिरिक्त विजेतालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने आयोजक निशु झाले जानकारी गराए। प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्