रुखको हाँगा भाँचिएर डोजर चालकको मृत्यु



नेपाल समाचारपत्र
गोरखा
सडक चौडा पार्ने क्रममा गोरखाको पालुंटार नगरपालिका–२ चापाभज्याङमा रुखको हाँगा भाँचिएर खस्दा स्काभेटर चालकको मृत्यु भएको छ।

चापा भन्ज्याङ हुँदै शारदा मावि पोखरीबेँंसी जोड्ने कच्ची सडक फराकिलो बनाउने क्रममा बाटोको छेउमा रहेको बरको रुख हटाउनका लागि खन्ने क्रममा हाँगा भाँचिएर खसेर चालक सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ का ३५ वर्षका रामबहादुर लामाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक महेश उपाध्यायले जानकारी दिए।

लामालाई टाउको र छात्तीमा रुखको हाँगाले च्यापेको थियो। रुखको हाँगाले लागेपछि स्काभेटरको अगाडिपट्टिको भागसमेत पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्