तालमेल नबुझाउँदा बिग्रियो साढे १९ हजार मत



हेटांैडा, (नेस) । हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयर गरी दुई पदमा १९ हजार ५ सय ७७ मत बदर भएको छ । माओबादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएर चुनाव लड्दा उम्मेदवारी फिर्ता लिइएको पदमा समेत मतदाताले मतदान गरेकाले धेरै मत बदर हुन पुगेको हो ।
सबभन्दा बढी हेटौंडा उपमहानगर उपमेयरमा ११ हजार ९ सय ९५ मत बदर भएको छ । मेयरमा ७ हजार ५ सय ८२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीले बताए ।
मेयर र उपमेयरमा धेरै मत बदर भए पनि अन्य पदमा भने त्यति धेरै मत बदर भएको छैन । ६२ हजार ८० मतदाताले हेटौंडाको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यलाई मतदान गरेका थिए । कांग्रेस र माओबादी एकता गर्दा कांग्रेसको मेयरमा मात्र उम्मेदवारी दिएको थियो र माओवादीले उपमेयरमा मात्र उम्मेदवारी दिएर उपमहानगरको चुनाव लडेको थियो ।
नेपाली कांग्रेसका शुभेच्छुकले उपमेयरमा पनि उम्मेदवारी फिर्ता लिइएको रुख चिह्नमा स्वस्तिक छाप लगाएको पाइएको छ । यस्ता मतका कारण उपमेयरमा धेरै मत बदर हुन पुगेको मतगणनामा खटिएका कर्मचारी बताउ“छन् ।
हेटौंडा मेयरमा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई सहयोग गर्ने समझदारी भएको थियो । तर, त्यो समझदारी मतदातामाझ पु¥याउन र मत दिने तरिका दलहरुले बुझाउन नसक्दा चुनाव चिह्न गोलाकारभित्रको ह“सिया र हथौडामा मतदान गर्ने मतदाता धेरै भएकाले मेयरमा ७ हजार बढी मत बदर भएको हो ।
मेयर र उपमेयरको तुलनामा वडा अध्यक्ष र वडा सदस्यमा मत कममात्र बदर भएको सहायक निर्वाचन अधिकृत मरासिनीले बताए । कांग्रेस र माओवादीका बुझेका कार्यकर्ताले दुवै पार्टीको तालमेलअनुसार मेयरमा कांग्रेसका आनन्दराम पराजुलीलाई रुख चिह्नमा मतदान गरे भने उपमेयरमा उम्मेदवार बलराम बललाई गोलाकारभित्रको ह“सिया र हथौडामा मतदान गरेका थिए । तर, धेरै मतदाताले सात छाप नै रुखमा वा सातै छाप गोलाकारभित्रको ह“सिया र हथौडामा मतदान गरेको मतपत्रमा स्पष्ट देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्