पोखराको ३० र ३१ नं वडामा एमाले



पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् ।

वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गर्नुभयो ।

वडाको महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली, खुला सदस्यद्वय सोमलाल कँडेल र चोलाप्रसाद बराल विजयी बन्नुभएको छ ।

त्यस्तै, वडा नं ३१ को वडाध्यक्षमा एमालेका कमलबहादुर थापा क्षेत्री एक हजार ७६१ मतसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शरदराज सुवेदीले एक हजार २६१ मत प्राप्त गर्नुभयो ।

वडाको महिला सदस्यमा सावित्री भण्डारी, दलित महिला सदस्यमा विष्णु सुनार, खुला सदस्यद्वयमा विष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे विजयी बन्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्