अपजस आउला है



कामचलाउ प्रम पुकदा अहिले फुर्केर अलिअलि छैन भन्ने चर्चा शहरमा चलिरहेको छ। किनकि उनले भद्र सहमति पालना गरेको र इमान देखाएको भनेर धेरैले चर्चा गरेका छन्। हुनत उहाँको कार्यकालमा भाग्यले साथ दिएकाले पनि होला मुलुक उज्यालो दिशातिर गएको भने पक्कै हो। तर, यही कुरामा धेरै फुर्केर बाटो बिराउनुहोला कि भन्ने डर धरहरा वरपर धेरैले मानेको देखिएको छ।

हुन पनि उनी पर्यो भने झ्वाट्टै रोइदिइहाल्ने अनि हाँसिदिइ पनि हाल्ने प्रकृतिको भावुक मान्छे भएको धेरैले ठान्छन्। कुरा के हो उनी स्वयंले जान्ने कुरा हो। त्यसैले अहिले नै धेरै फुर्केर खुट्टा लर्बराउने कामचाहिँ नगरौं है कमरेड। अझै दोस्रो चरणको निर्वाचन हुन बाँकी नै छ। जसले जे भने पनि आखिर अझै केही दिन त मुलुकको प्रधानमन्त्री पुकदा नै हो। त्यसैले दह्रो खुट्टा टेकेर काम गरौं है। पहिलो भए पनि दोस्रो हुन सकेन भने तपाईंलाई जस होइन झन् अपजस मिल्नेवाला छ नि। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्