निजी क्षेत्रतर्फ कर्जा लगानीमा वृद्धि



काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ दशमलब ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १२ दशमलब १ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७३ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशतले बढेको छ। २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलब ५ प्रतिशत, ३६ दशमलब ६ प्रतिशत र ४० दशमलब ६ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९ दशमलब ४ प्रतिशत, ४२ दशमलब ८ प्रतिशत र २८ दशमलब ६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५ दशमलब ६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलब ४ प्रतिशतले बढेको थियो।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको १९ दशमलब १ प्रतिशतले बढेको छ भने विकास बैंक र वित्त कम्पनीहरूको क्रमशः शून्य दशमलब १ प्रतिशत र २ दशमलब ८ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २५ दशमलब १ प्रतिशतले बढेको छ।

त्यस्तै कृषि क्षेत्रतर्फको कर्जा ९ दशमलब ३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलब ६ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १७ दशमलब ५ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३ दशमलब ५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १६ दशमलब ३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २४ दशमलब १ प्रतिशतले बढेको छ।

चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलब ८ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलब ३ प्रतिशत र १३ दशमलब१ प्रतिशत रहेको थियो।

गत असार मसान्तको तुलनामा चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा विस्तार भएको छ।

चैतसम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २ दशमलब ६ प्रतिशत (४२ अर्ब २१ करोड) छ। त्यस्तै वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ३ दशमलब २ प्रतिशत (२ अर्ब ३२ करोड) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलब २ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्