हट योगा प्रशिक्षक बिक्रम विरुद्ध पक्राउ पुर्जि



लसऐन्जेल्स,(एजेन्सी)
यौन उत्पिडनको मुद्धालाई लिएर आफ्नो पुर्व वकिललाई ६० लाख अमेरिकी डलर भन्दा बढि रकम भुक्तानी गर्न नसकेको कारण हट योगाका संस्थापक विरुद्ध अमेरिकाको लसऐन्जेल्स स्थित एकजना न्यायधिशले पक्राउ पुर्जि जारी गरेको छ । अमेरिका निवासी करोडपति ७० वर्षिय बिक्रम चौधरीे सन् २००२ मा तातो कोठामा बसेर गरिने नयाँ किसिमको योगा प्रचलनमा ल्याएर लोकप्रिय बनेका थिए ।

मिनाक्षी जाफा बोडेन नामक ति वकिललाई क्षतिपुर्ति रकम तिर्नुपर्ने स्थिती आएपछि उनी क्यालिफोर्नियाबाट फरार भएका थिए । हाल मेक्सिकोमा आफ्ना योगा कक्षा संचालन गरिरहेका उनलाई अदालती कागजातहरु बुझाइएको छ । न्यायधिशले उनको जमानत रकम ८० लाख डलर तोकेका छन् ।

जाफा बोडेन चौधरीको लस एन्जेल्स योगा स्कुलमा सन् २०११ देखि २०१३ सम्म कानु तथा अन्तर्राष्ट्रिय मामिला विभागकी प्रमुख रहेकी थिइन् । उनले एउटा वलात्कारको घटना माथिको अनुसन्धानमा मुख बन्द गर्न अस्विकार गरेकै कारण आफुलाई सो पदबाट हटाइएको उनको गुनासो रहेको छ ।

तर चौधरीले आफ्नो कानुनी सेवाको दश्तुर निकै महँगो र आफ्नो व्यवशाय राम्ररी नचलेको कारण आफ्नो मुद्धा चलिरहेकोबेला आफु झण्डै कंगाल नै भएको दावी गरेका छन् । जाफा बोडेनका वकिलिले जतिसुकै समय लागेपनि वा चौधरी जहाँ भएपनि नछोडिने बताएका छन् ।

बिक्रम चौधरी आफैले तयार पारेका विशेष २६ वटा योग आसन निकै तातो कोठामा गर्ने गरिएको छ । म्याडोना , एन्डी मुर्रे , ग्वेनेथ पाल्टा«े र गाल्डी जस्ता सेलेव्रिटीले पनि बिक्रमको योगा सिक्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्