बन्दुक देखाएर विवाह गराइएकी युवती भारत फर्किन्



नयाँदिल्ली,(एजेन्सी)
आफुलाई एकजना पाकिस्तानी पुरुषसंग बन्दुक तेर्साएर जवर्जस्ती विवाह गर्न बाध्य बनाइएको बताउने एक भारतिय महिला भारत फर्केकी छिन् ।

पाकिस्तानको राजधानी इस्लामावाद स्थित एक अदालतले उनको पाकिस्तान छोड्ने निवेदन स्विकार गरेको भोलिपल्टै उनी भारत फर्केकी हुन् ।

उज्मा नामक ति महिलालाई भारतिय उच्च आयोगका अधिकारीहरुले वागाह सिमाना सम्म पुर्याइ दिएका थिए । उनले आफ्नो पति ताहिर अलिले यातना दिने गरेको आरोप लगाएकी छिन् ।
तर अलिले सो आरोप अस्विकार गर्दै उल्टै उज्माले झुठो बोलेको आरोप लगाएका छन् । भारत र पाकिस्तानबिच तनाव बढिरहेकोबेला यो घटना बाहिर आएको हो । विहिवार भारतिय विदेशमन्त्री सुषमा स्वराजले उनको फिर्तीको स्वागत गर्दै ट्विट गरेकी छिन् । करिव २० वर्षिया उज्मा हिजै राजधानी नयाँदिल्ली स्थिती आफ्नो घर पुगेको बताइएको छ ।

विवादास्पद काश्मिीरमा जारी रहेको हिंसा लगायत हालै पाकिस्तानले जासुसी गरेको अभियोगमा कुलभुषण जाधव नामक एक भारतियलाई मृत्युदण्ड दिइएको कारण पनि अहिले दुई देशबिचको सम्बन्ध निकै चिसिएको छ । संचार माध्यमका अनुसार उज्मा र ताहिर अलि बिच मलेशियामा प्रेम बसेको थियो ।

त्यसपछि यसै महिनाको शुरुमा उज्मा पाकिस्तान पुगेकी थिइन् । उनलाई ३ मे कोदिन विवाह गर्न बाध्य पारिएको उनले बताएकी छिन् । यसैबिच १२ मे मा उनले इस्लामावाद उच्च अदालतमा आफुलाई पतिले शारिरीक र मानसिक यातना दिने गरेको र पाकिस्तान छाड्ला भनी आफ्नो यात्राका लागि आवश्यक सम्पुर्ण कागजात लुकाइदिएको आरोप लगाउँदै एउटा याचिकापत्र दाखिला गरेकी थिइन् । उनले अदालत समक्ष ताहिरले आफ्नो विवाह भइसकेको र चा सन्तान पनि भएको कुरा लुकाएको बयान दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्