मेलानियाको पहिरण विवाद, भ्याटिकनमा शिर छोपेकी थिइन्, सउदीमा छोपिनन्



वासिङटन (एजेन्सी)
अमेरिकाको राष्टपति पद सम्हालेपछिको पहिलो विदेश यात्रामा रहेका डोनाल्ड ट्रम्पसँग साथमा रहेकी प्रथम महिला मेलानियाको पहिरणलाई ब्यापक चर्चा भइरहेको छ

बुधबार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प भ्याटिकन पुगेकी थिइन । उक्त यात्राका क्रममा उनले लगाएको पहिरणले एक प्रकारको विवाद सिर्जना गर्यो । उनले घुँडासम्म छोपिने कालो लुगा लगाएकी थिइन् । उक्त पहिरणमा उनको दुबै हात ढाकिएको थियो भने शिर पनि पातलो कपडाले छोपिएको थियो । महिलाहरुको यो पहिरण भ्याटिकन चर्चको सम्मानका रुपमा हेरिने गर्छ ।

मेलानियाको यो पहिरणले पनि सबैको ध्यान तानेको थियो । राष्टपति ट्रम्पकी पत्नीका रुपमा उनको यो पहिलो विदेश यात्रा थियो ।

मेलानिया ट्रम्पले पोप फ्रान्सिससँग भेट्ने बेला टाउको छोपेकी थिइन् तर उनले सउदी अरेबियामा त्यसतो गरेको थिएन् । सउदी अरेबियाको सम्बन्धमा भन्ने हो भने त्यहाँ इस्लामिक कानुनले सबै महिलाले बाहिर आउँदा शिर छोपेका हुनुपर्छ । क्याथोलिक धर्म गुरु पोपको क्रिश्चियन धर्ममा स्थान रहेको छ । यस अर्थमा ट्रम्प दम्पतिको यो भ्रमण कुनै राजनितिक भन्दा पनि धार्मिक रुपमा लिएको छ । त्यसैले पनि पोपसँगको औपचारिक भेटमा नियमको कडा पालना हुनु पर्ने मान्यता रहेको ट्विटमा चर्चा गरिएको छ । यस विषयमा ह्वाइट हाउसलाई पनि पहिल्यै सुचित गरिएको थियो ।

भ्याटिकनको वेबसाइटमा पोपसँग भेट्नका लागि आवस्यक नियम हेर्न सकिन्छ । लुगा सालिन हुनु पर्छ र काँध पुरै ढाकेको हुनु पर्नेछ । विशेषगरि यो पहिरण पोपसँग चर्चमा भेट्दा अनिवार्य हुने उल्लेख छ ।

शिरमा कालो कपडा हुनु पर्नेछ र तर यसमा अपवाद पनि रहेको छ । एक क्याथालिक महारानीका लागि भने सेतो कपडालाई अनुमति दिइएको छ ।
ट्रम्पका अग्रजहरुले पनि भ्याटिकनको नियमलाई कडा पालना गरेको देखिन्छ । मिसेल ओबामाले पनि सन् २००९ मा पोपसँगको भेटघातमा डे«सकोडको पालना गरेकी थिइन् । त्यसैगरि हिलारी क्लिन्टन र लौरा बुसले पनि राष्टपतिकी पत्नीका रुपमा उक्त नियम पालना गरेकी थिइन् ।

आफनी सौतेली आमाले जस्तै पोपसँगको भेटमा इवान्काले शिर छोपेकी थिइन् । तर उनले पनि सउदी अरेबियामा शिर छोपेकी थिइनन् । उनी अहिले इसाइ पनि होइन । इवान्का धर्मपरिवर्तन गरि यहुदी बनेकी थिइन् ।

सउदी अरेबियामा मेलानियाले त्यसतो किन गरेन भन्ने प्रश्न सामाजिक सन्जाल तथा सन्चारमाध्यमले ब्यापक उठाएको छ । सउदी अरेबियामा विदेशी महिलाका लागि शिर ढाक्नु आवश्यक होइन तर सउदी महिलाका लागि भने यो अनिवार्य हो । जसरी भ्याटिकनले ह्वाइट हाउससँग डे«सकोडका बारेमा स्पष्ट गरेको थियो तर सउदी अरेबियाले ड्रेसको विषयमा कनै सर्त राखेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्