घोराही उपमहानगरपालीकाको मेयरमा पत्रकार प्रियासन



प्रशान्त वली, काठमाडौं ।
घोराही उपमहानगरपालीको मेयरमा पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रीयासनको चर्चा रहेको छ । आगामी जेठ ३१ गते हुने स्थानीय निकायको निर्बाचनमा पत्रकार महासंघ दाङका अध्यक्ष प्रीयासनलाई एमालेको तर्फबाट मेयरमा टिकट दिने बारे आन्तरीक लबिङ भईरहेको बिशेष स्रोतले बताएको छ ।

प्रियासन पत्रकारीता संगै जिल्लामा दर्जन बढि सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिकामा आबद्ध छन् । तपाई मेयरको उम्मेद्धार हो भनि समाचारपत्रको जिज्ञासामा प्रियासनले भने – ‘पार्टीले टिकट दिए मेयर भएर उपमहानगरपालीकाको नेतृत्व गर्न सक्छु’ उनले थपे– ‘पार्टीका केहि जिल्ला स्तरीय नेताबाट चुनाबमा उठ्न भनेर दबाब समेत आईरहेको छ ।’

उनीसँगै नेकपा एमाले दाङका पुर्व अध्यक्ष नरुलाल चौधरी, पार्टीका जिल्ला स्तरीय नेता अम्मरबहादुर डाँगी समेत मेयरका लागी दौडधुप गरीरहेका छन् । यद्यपि पार्टीले उम्मेद्धारीको टुगों लगाएको छैन । साहित्यकार समेत रहेका प्रीयासन एक दशक देखि पत्रकारीतामा कृयाशील छन् ।

प्रतिक्रिया दिनुहोस्