राष्ट्रपतिद्वारा संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत



काठमाडौ (नेस) ।

सरकारले आर्थिक वर्ष २०७४ ७५ लागि निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको छ ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो  भन्न्भयो :

-प्रमुख बालीहरुमा आत्म निर्भर हुने नीतिलाई निरन्तरता दिइने। पशु तथा बाली बिमा कार्यक्रमलाई कृषकको पहुँचमा पुर्‍याइने।

-आर्थिक समृद्धिका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्यलाई अझ सुदृढ गरिनेछ।

-उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयन गरी विद्युत उत्पादनमा प्राथमिकता दिइनेछ।

-रणनीतिक महत्व र प्राथमिकता प्राप्त सडकको निर्माणमा प्राथमिकता दिइने।

-रणनीतिक महत्व र प्राथमिकता प्राप्त सडकको निर्माणमा प्राथमिकता दिइने।

-आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण र विकासमा जोड दिइनेछ।

-धार्मिक पर्यटनलाई प्राथमिकता दिइने। पशुपति, लुम्बिनीको विकासलाई प्राथमकिता दिइने

-वनस्पति र जडिबुटी प्रशोधनमा निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।

-नयाँ हवाइ रुट पहिचान गरी दुई देशीय सम्झौता गरिनेछ।

-खेलकुद क्षेत्रको विकासका लागि विद्यमान नीतिको पुनरावलोकन गरिनेछ।

-सूचना तथा सञ्चार मन्त्रालयद्वावरा विद्युतीय सञ्चारमाध्यमको नियमनबारे अभिमुखीकरण

प्रतिक्रिया दिनुहोस्