समाचारपत्रकर्मी केसी पुरस्कृत हुने



काठमाडौ (नेस) ।
यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष केसीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

प्रेस सेन्टर नेपाल दाङ शाखाको प्रतिभा छनौट समितिको बुधबार भएको बैठकले केसीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष डिल्ली मल्लले जानकारी दिए ।

प्रत्यक वर्ष पत्रकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसका अवसरमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यस वर्ष पनि यही जेठ १३ गते घोराहीमा हुने स्मृति दिवसमा प्रदान गरिने अध्यक्ष मल्ले बताए ।

पुरस्कारको राशि दश हजार रहेको छ । नेपाल समाचारपत्र दैनिक दाङका संवाददाता रहेका केसी डेढ दशकअघिदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल छन् । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्