‘थपिएका स्थानीय तहमा निर्वाचन गराउन असम्भव’-निर्वाचन आयोग



सरकारले हालै थप गरेका २२ स्थानीय तहमा चुनाव गराउन असम्भव रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि नै तोकिएका ४६१ स्थानीय तहमा दोस्रो तहमा दोस्रो चरणको निर्वाचन गराउने जानकारी दिएको छ ।

आयोगले सरकारको ८ जेठको निर्णय अनुसार तराई मधेशका विभिन्न जिल्लामा गाउँपालिका नगरपालिका तथा महानगरपालिकाको संख्या थप हुँदा गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतको विस्तृत विवरण मतदान केन्द्र, मतदाता नामावली तयार गर्ने र उक्त नामावली जेठ १५ मा गाउँपालिकासम्म पुर्याउन असम्भव हुने जनाएको छ ।

त्यसैगरी मतदाताको परिवर्तित ठेगाना अनुरुप मतदाता परिचयपत्र छपाई गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याउन नसकिने पनि आयोगले जनाएको छ ।

नयाँ थपिने गाउँपालिका र नगरपालिकाका लागि निर्वाचन अधिकृतको नियुक्ति गरी थपिएका स्थानीय तहमा कार्यालयको व्यवस्था गर्न समेत १५ जेठभित्र नसकिने हुँदा नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा ३१ जेठमै निर्वाचन सम्पन्न गराउने वातावरण मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्