दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग



इलाम, ११ जेठ । करुणा फाउन्डेसन नेपाल इलाममा कार्यरत एक कर्मचारीले दृष्टिविहीन बालबालिकालाई १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

फाउन्डेसनमा कार्यरत दिनेश अधिकारीले इलामका सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दुईजना दृष्टिविहीन बालबालिकालाई जनही रु पाँच हजारका दरले आर्थिक सहयोग प्रदान गर्नुभएको हो । सहयोग प्राप्त गर्ने जमुना–१ की शिला राई र फाकफोक–९ की रीता लिम्बू छन् ।

अपाङ्गता त्यसमाथि पनि आर्थिक अवस्था एकदमै कमजोर भएका बालबालिकालाई सहयोग गरिएको अधिकारीले बताउनुभयो । फाउन्डेसनले अपाङ्गता रोकथाम र पुनः स्थापनाको क्षेत्रमा जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालय तथा विभिन्न राजनीतिक दलको समन्वयमा विगत दुई वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्