डोटीमा चालु तथा पुजीगत बजेट खर्च हुन बाँकी



विमल विष्ट, डोटी ।
डोटीमा बिनियोजित कुल बजेटको चालुगत तर्फ ४० प्रतिशत र पुजिगत तथा बिकासे बजेट ५५ प्रतिशत खर्च हुन बाँकि रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । सरकारले बिकास निमार्णको कार्य समयमै सम्पन्न गर्न डेढ महिना अगाडी बजेट ल्याए पनि, डोटीमा बजेट खर्चको अवस्था विगत भन्दा खासै फरक देखिएको छैन ।

चालु आर्थिक वर्षको १० महिना र बजेट विनियोजन भएको समय जोड्दा साढे ११ महिनाको समय वितीसके पछि डोटीमा ४५ प्रतिसत मात्रै पूँजिगत बजेट र चालु तर्फ ६० प्रतिशत खर्च भएको डोटीका कोष तथा लेखा नियन्त्रक ईश्वर प्रसाद श्रेष्ठले बताउनुभयो ।

डोटीमा गत बर्ष भन्दा यो आर्थीक बर्षमा झण्डै डेढ महिना पछि बजेट ल्याईएको थियो । गत आर्थीक बर्षमा बजेट ल्याईएको करिब यसै अवधीमा ६६ प्रतिशत भन्दा बढि बजेट खर्च भएकोमा यसपाली अहिले सम्मको अबधिमा ६३ प्रतिशत मात्रै बजेट खर्च भएको बताईएको छ । यस बर्ष डोटीमा राष्ट्रिय गौरवका आयोजनाहरु नभए पनि केहि महत्वपुर्ण कार्यक्रमहरु आएका छन् ।

जस मध्ये लघु उद्यम बिकास कार्यक्रम , राष्ट्रपती महिला उत्थान कार्यक्रम , राष्ट्रपती चुरे तराई मधेश संरक्षण कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना रहेको कोष तथा लेखा नियन्त्रक श्रेष्ठले बताउनुभयो । चालु आर्थिक बर्षमा डोटीका लागि चालुगत र पुजिगत तर्फ गरि कुल ५ अरर्ब ५० करोड ६२ लाख ७ हजार ७ सय ५२ रुपैया बिनियोजित गरिएको थियो । जसमा हाल सम्म ३ अरर्ब ४७ करोड ४१ लाख ४६ हजार ७ सय १९ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्