मेसीलाई २१ महिना जेल



मेड्रिड, (एजेन्सी)
बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई २१ महिना जेल सजाय तोकिएको छ।

कर छलीको अभियोगमा मेसीलाई स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय र करिब २ मिलियन युरो जरिवाना सुनाएको हो। सन् २००७ देखि २००९ को अन्तरालमा तीन पटकसम्म मेसीलाई कर छलेको आरोप लाग्दै आएको थियो।
उनीमाथि विभिन्न देशका व्यापारिक संस्थामार्फत साढे तीन मिलियन पाउन्ड बराबरको कर छलेको आरोप लगाइएको हो। यस्तै करिब ९ मिलियन पाउन्ड बराबरको कमाइ पनि उनले लुकाएको बताइएको छ।

स्पेनको कानुन मुताबिक दुई वर्षभन्दा कमको जेल सजाय जेल परिवीक्षाधीन अवधिका रूपमा काट्न मिल्ने प्रावधान रहेको छ। जसका कारण मेसीले जेलभित्र सजाय भने काट्नुनपर्ने भएको छ। तर उनले आफूमाथि लगाइएको जरिवाना शुल्क भने तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्