कमल र होली भिजन क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
कमल बोर्डिङ स्कुल र होली भिजन प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
कमलले आयोजक हिमालयन एकेडेमीलाई ३१–१७ ले पराजित गर्यो। कमलको जितमा सुवास लामाले ८ अंक योगदान गरे। प्रवीण पन्तको ९ अंक सहयोगमा होली भिजनले लभ्ली एन्जललाई २०–१७ ले हरायो।

सिनियर ब्वाइजको अन्य लिग खेलमा महामञ्जुश्रीले क्याम्ब्रिजलाई ३४–२१ तथा वीर सेवाले ज्योति एकेडेमीलाई १९–१७ ले पन्छाए। महामञ्जुश्रीका मिङ मगरले १९ तथा वीर सेवाका सेमुएल बराइलीले ९ अंक बटुले।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले ग्रिनफिल्डलाई २९–२२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो। विजेताका महेश लामाले २५ स्कोर गरे। जुनियरको अर्को लिगमा लालीगुराँस नेसनल एकेडेमीले कान्तिपुरमाथि ३६–९ को आरामदायी जित निकाल्यो। लालीगुराँसका प्रिन्स केसीले १४ अंक जोडे। सिनियर गल्र्सको लिगमा जेनिथले महामञ्जुश्रीलाई १७–७, रिलायन्सले कमललाई ३१–५ तथा कान्तिपुरले द एक्सेल्सियर स्कुललाई १६–५ ले निराश पारे।

प्रतिक्रिया दिनुहोस्