चीनको अर्थतन्त्रमा सुस्तता आउन सक्ने संकेत



बेइजिङ, (एजेन्सी)
विश्वको दास्रो ठूलो अर्थतन्त्र मुलुक चीनको अर्थव्यवस्थामा सुस्तता आउन सक्ने संकेत दिएको छ। उक्त आशंकाका कारण अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मुडीले चीनको रेटिङलाई एवनबाट एएथ्रीमा झारेको छ।

सन् १९८९ पछि मुडीले चीनको स्तरलाई कम गरेको यो पहिलो घटना हो। उक्त घटना लिएर चीनको वित्त मन्त्रालयले प्रतिक्रिया दिँदै मुडीले देशको आर्थिक चुनौतीलाई बढाईचढाई गरी आंकलन गरेको र आर्थिक सुधारका लागि उसको प्रयासलाई कम आकलन गरेको जनाएको छ।

मुडीको उक्त कदमपछि चीन सरकारका लागि ऋण लिन लागत बढ्न सक्ने जनाएको छ। उक्त रेटिङ एजेन्सीले चीनको अर्थव्यवस्थालाई स्थिर श्रेणीबाट नकारात्मक श्रेणीमा राखेको छ।

मुडीले भनेका छन्– ‘रेटिङमा कमी गर्नुले चीनको आर्थिक शक्तिसँग आगामी वर्षमा मानिसहरूको अपेक्षा कम हुन्छ वा हुँदैन भन्ने तथ्य थाहा हुन्छ।

अर्थव्यवस्थामा ऋण बढ्ने छ र गार्हस्थ्य उत्पादनमा कम हुने सम्भावना रहनेछ।’ चीनको बढ्दो ऋणको स्तरलाई लिएर अन्तर्राष्ट्रिय एजेन्सीहरूले चिन्ता देखाएको यो पहिलो पटक होइन। राष्ट्रपति सी जिनपिङका लागि यो अत्यन्त महत्त्वपूर्ण समय हो। वर्षको अन्त्यसम्ममा उनले राजनीतिक कांग्रेसको पनि सामना गर्नुपर्नेछ। त्यहाँ पनि उनले शक्तिशाली अर्थव्यवस्थाले मात्र साथ दिने विज्ञहरूको भनाइ छ। यदि विश्वको दोस्रो ठूलो अर्थव्यवस्थामा कुनै असर पर्छ भने त्यसले विश्व पनि अछुत नहुने पक्का हो।

सामान र सेवा खरिदको मामिलामा चीन विश्वमा दोस्रो ठूलो देश हो। तेल तथा अन्य वस्तुको खरिदमा पनि चीनको महत्त्वपूर्ण स्थान छ। यदि चीनको अर्थव्यवस्थामा कुनै नकारात्मक लक्षण देखियो भने ती वस्तुहरूको मूल्यमा गिरावट आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्