महोत्तरीमा नेपाली सेना खटियो



लक्ष्मी कुमार साह, महोत्तरी ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचन प्रयोजनको लागि महोत्तरीमा वुधबारदेखि नेपाली सेना खटिएको हो ।
महोत्तरी जिल्लाको परिकौलीस्थित फस्ट रैफल गणले जिल्लाको पाँच ठाउँमा निर्वाचन प्रयोजनको लागि नेपाली सेनाको वेशक्याम्प खडा गरेको नेपाली सेनाका गणपति कृष्ण खडका क्षेत्रीले बताए ।

उनले महोत्तरी जिल्लाको गौशाला नगरपालिका, खुट्टापिपराढी, साँढा, खोपी र परिकौलीमा वेशक्याम्प खडा गरिएको जानकारी दिदै अवस्थाको मूल्याँकन गरेर थप वेशक्याम्प खडा गर्न सकिने अवस्था आए थपिने समेत बताए ।
गौशाला वेशक्याम्पमा सेनानी गोपाल श्रेष्ठ, खुट्टापिपराढीमा सेनानी विकास त्वात, साँढा वेशक्याम्पमा सेनानी वाशु खत्री, खोपीमा पवन श्रेष्ठ तथा परिकौलीमा सेनानी संजय सिलवालको कमाण्डमा नेपाली सेना खटिएको जानकारी दिदै गणपति क्षेत्रीले सबैको कमाण्ड परिकौली गणबाट गरिने बताए ।

उनले निर्वाचनमा सुरक्षाको अवस्था प्रत्याभूतिको लागि नेपाली सेना खटिएको बताउदै नियमित गस्ती गरिने जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्