हेटौंडा उपमहानगरपालीका मेयरमा एमालेका महत



नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको उत्तरी थाहानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले विजयी प्राप्त गरेको पीडालाई हेटौंडा उपमहानगरमा भने नेकपा एमालेका हरिबहादुर (हरिबल) महतले बिर्साएका छन् ।
उनी हेटौंडा उपमहानगरका पहिलो मेयर बनेका छन् । करिब २ सय ५० घण्टाको मतगणनापछि महत बुधबार मेयरमा निर्वाचित भएका हुन् ।
मुलुकका १२ उपमहानगरपालिकामध्ये पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिकामा एमालेको झण्डा फहरिएको छ । शुरुदेखि नै देखिएको निकै रस्साकस्सीबीचको अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्र समर्थित नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ६ सय १५ मतअन्तरले हराउ“दै हेटौंडा–५ का महत निर्वाचित भएका हुन् । महतले २३ हजार १ सय २४ मत पाए ।
पराजुलीले २२ हजार ५ सय ९ मत पाए । महत २०४९ र २०५४ सालमा हेटौंडा नगरपालिकाको निर्वाचित उपमेयर रहिसकेका छन् । मेयरमा राप्रपाका मधु अधिकारीले ६ हजार ८ सय ५७ मत पाए ।

उपमेयरमा एमालेकी मीना लामा २३ हजार ४ सय ३७ मत पाएर विजयी भइन् । माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत पाए । राप्रपाकी इन्दिरा न्यौपानेले ७ हजार ७ सय २ मत पाइन् ।

हेटौंडामा १ लाख ५२ हजार ८ सय ७५ जनसंख्या रहेकोमा ८३ हजार ५ सय ९७ मतदाता थिए । जसमध्ये ६२ हजार ८० मत खसेको थियो । मेयरमा ७ हजार ५ सय ८२ र उपमेयरमा सर्वाधिक ११ हजार ९ सय ९५ मत बदर भएको थियो ।
यसअघि मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रका लवशेर बिष्ट मेयर तथा नेपाली कांग्रेसका खड्ग गोपाली उपमेयर विजयी भएका थिए ।
उनले विकास नै आफ्नो मुख्य एजेण्डा रहेको बताए । ‘सबै पक्षको विकासबिना विकसित हेटौंडा परिकल्पना गर्न सकि“दैन । त्यसैले म शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, सडक, कृषि, खानेपानी र विद्युत् विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने छु,’ उनले उद्घोष गरे ।
सुन्दर र सफा सहरको पहिचान बनाएको हेटौंडाको समग्र क्षेत्र विकासका लागि सर्वपक्षीय क्षेत्रलाई समेटेर अघि बढ्ने सोच उनले अ“गालेका छन् । शैक्षिक क्षेत्र विकासका लागि उपमहानगरभित्र सञ्चालित विद्यालय, क्याम्पसलाई थप व्यस्थित बनाउ“दै गुणस्तरीय शैक्षिक विकास गर्न विश्वविद्यालय स्थापना गर्ने योजनालाई अघि बढाइने उनले बताए ।
स्वास्थ्य सेवामा कमजोर साबित हेटौंडामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन हेटौंडामा रहेको जिल्ला अस्पताल सुधार, क्यान्सर, मुटु रोग अस्पताल स्थापना र आधुनिक तवरबाट सञ्चालन गर्ने कार्यलाई आफ्नो दायित्वमा उनले समेटेका छन् ।

औद्योगिक क्षेत्रको थप विकास गर्नसके हेटौंडाबाट वैदेशिक रोजगारीमा जाने युवालाई स्थानीय क्षेत्रमै रोजगारी सिर्जना गर्न सकिने भन्दै उनले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गर्दै ‘एक गाउ“, एक उत्पादन’ को नीतिलाई थप मजबुत बनाउन उपमहानगरमा कृषि उपज क्षेत्र स्थापनाको योजनालाई अघि सारिने महतले बताए ।

‘हेटौंडालाई शैक्षिक हबका रुपमा विकास गर्न प्राविधिक, कृषि र सबै तहको अध्ययन÷अध्यापन हुने विश्वविद्यालय उपमहानगरमा स्थापना गर्न स्थानीय तहबाट अघि बढ्ने वातावरण सिर्जना गरिने छ,’ विजयपश्चात् उनले भने– सडक र यातायातको प्रभावकारी विकासका लागि द्रुतमार्ग, सुरुङमार्ग र हवाईमार्गलाई अघि बढाउने गृहकार्य सुरु गरी यसलाई योजनामा समावेश गरिनेछ ।
अव्यवस्थित बसोबास र उत्पादनमुखी जमिनमा प्लटिङ गर्ने गलत प्रवृत्ति हाबी हु“दै गएको अवस्थामा यस्तो कार्यलाई दीर्घकालीनरुपमा रोक्दै व्यवस्थित बसोबास नीतिलाई तत्काल अवलम्बन गरिने महतले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्