आगलागीबाट बाह्र लाख बराबरको क्षति



नेपाल समाचारपत्र, ताप्लेजुङ । ताप्लेजुङको याङवरक गाउँपालीका स्थित एक घरमा आगलागि हुँदा बाह्रलाख मुल्य बराबरको क्षति भएको छ ।

ताप्लेजुङको साविक च्याक्सिबोटे ९ हाल यङवरक गाउपालिका ५ बस्ने धर कुमार सेनेहाङको घरमा रहेको सोलार प्यानल सर्ट भई आगलागि हुँदा घर सहित घरमा रहेका सम्पुर्ण सामान नस्ट हुँदा १२ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागिको कारण सोलार प्यानल, व्याट्रि, मोवाईल सेट, अन्न, भाडा बर्तान, पाँच वटा कुखुरा सहित बिस हजार नगद र १० तोला चाँदि समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

सोमबार साँझ करीव ६ बजेबाट सुरु भएको आगो स्थानिय र प्रहरीको सक्रियातामा दुई घण्टा पछि नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्