स्थानीय तह पुनसंरचनाकाको बजेटमा अनियमितता, डोटीमा अख्तियार पस्यो



बिमल बिष्ट, डोटी
स्थानीय तह पुनसंरचनाका लागि डोटी जिल्लामा आएको बजेटमा अनियमितता भएको पाइएपछि अख्तियारले छानबिन थालेको छ ।

डोटी जिल्लामा गाउँपालिका तथा नगरपालिकाको सिमांकन तथा नामांकन गर्नको लागि स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समिति डोटीको नाममा आएको ६ लाख ६० हजार बजेट जिल्लामा करिब ४ वटा बैठक गरि अनियमितता गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय दिपायलले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत खर्चको सम्पूर्ण बिलभरपाई नियन्त्रणमा लिएर छानबिन थालेको हो ।

डोटी जिल्लामा रहेको साबिकको ५० गाबिस र १ नगरपालिकालाई पुनसंरचना गरि नयां गाउंपालिका तथा नगरपालिकाको नामांकन र सिमांकन प्रस्ताब गर्न डोटी जिल्लामा गठन गरिएको स्थानीय तह पुनसंरचना जिल्ला प्राबिधिक सहयोग समिति डोटीका नाममा रु ६ लाख ६० हजार निकासा भएको थियो । जिल्ला तथा ईलाका स्तरमा समेत सर्बपक्षिय छलफल गरि गाउं पालिका तथा नगरपालिकाको नामांकन सिमांकन गर्नु पर्नेमा जिल्ला समन्वय समितिको सभाकक्षमा करिब ४ वटा बैठक गरि नामांकन सिमांकन टुंगो लगाईएको थियो ।
स्थानीय तह पुनसंरचना जिल्ला प्राबिधिक सहयोग समिति डोटीका पदाधिकारीहरुमा स्थानीय बिकास अधिकारी — संयोजक तथा जिल्ला प्रशासन कार्यालय डोटी, मालपोत कार्यालय डोटी, नापी शाखा डोटी, जिल्ला प्राबिधिक कार्यालय डोटीको अधिकृत स्तरका कर्मचारी सदस्य रहने र जिल्ला बिकास समितिका योजना अधिकृत सदस्य सचिब रहने स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समितिको कार्यशर्त तथा कार्यबिधि २०७३ मा उल्लेख गरिएको छ ।
राजनैतिक दल तथा जनप्रतिनीधिहरुसंग छलफल, कार्यालय प्रमुख तथा गाबिस सचिबहरुसंग छलफल, नागरिक समाज तथा अगुवाहरुसंग परामर्श, संचारकर्मीहरु तथा ईलाका स्तरमा समेत छलफल तथा परामर्श गर्नु पर्ने कार्यबिधिमा उललेख गरिएको छ । जिल्ला समन्वय समितिका एक कर्मचारीका अनुसार स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले आफ्ना नजिकका बिश्वास पात्र कर्मचारीहरुसंगको मिलेमतोमा उक्त रकममा अनियमितता गरेको आरोप लागेको छ । उक्त रकमको बिलभरपाई मिलाउन स्थानीय बिकास अधिकारीले उक्त कार्यमा नखटिएका बिश्वास पात्र कर्मचारीहरुलाई छनौट गरि भत्ता समेत खुवाएका जिबिस श्रोतले बतायो ।
जिल्ला समन्वय समितिले उपलब्ध गराएको सूचनामा केन्द्रबाट आएको ६ लाख ६० हजार मध्ये ३५ हजार प्रचारप्रसार, करिब ९५ हजार ईन्धन खर्च, करिब ३ लाख ५० हजार बढी नास्ता तथा बैठक भत्तामा खर्च भएको उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिको उक्त विवरणमा बैठकमा सहभागि राजनैतिक दल तथा सहभागिहरु आश्चर्यचकित परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्टवादी) का डोटी जिल्ला अध्यक्ष बहादुर खड्काका अनुसार आफु प्रत्यक बैठकमा नियमित उपस्थित भएको तर बैठकमा सामान्य चिया बिस्कुट बाहेक केहि नखाएकोले उक्त बजेटमा ब्यापक भ्रष्टाचार भएको हुन सक्ने बताउनु भयो । नेपाली कांग्रेसका युवा नेता जीतबहादुर खड्काले पनि उक्त बजेटमा भएको खर्च विवरण प्रति शंका ब्यक्त गर्नु भयो । आफुहरु नियमित बैठकमा सहभागि भएको र भत्ताको बारेमा आफुलाई जानकारी नभएको बताउनु भयो ।

चिया बिस्कुटमा मात्रै यत्रो रकम खर्च हुन नसक्ने बताउनु भयो । यसै गरि प्रचार प्रसारको लागि स्थानीय रेडियोहरुलाई प्रति रेडियो ३००० मात्र उपलब्ध गराईएको थियो । शुरुमा केन्द्रबाट आएको बजेट र खर्चको बारेमा पत्रकारहरुले सूचनाको हकको प्रयोग गरेर सूचना माग गर्दा स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले सूचना दिन अस्वीकार गरेका थिए । त्यसपछि चर्को दवाव पछि स्थानीय बिकास अधिकारी गौतमले सूचना माग कर्तालाई सूचना उपलब्ध गराएका थिए ।

उता जिल्ला बिकास समिति डोटीका स्थानीय बिकास अधिकारी कृष्णप्रसाद गौतमले अख्तियारले सो बिषयमा आफुहरु सँग जिल्ला प्रशासन कार्यालय मार्फत खर्च बिबरण मागेको र अख्तियारको माग अनुसार आफुले फाईल पठाएको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीले के रकम हनिामिना ग¥यौ र खर्च गर्नु भनेर आएको रकम हो, अरु जिल्लामा सबै रकम खर्च गरिसके केहि भएन हामीले त झन एक डेढलाख बाचएका छौ, काहा को हिनामिना गर्नु नी ।’

प्रतिक्रिया दिनुहोस्