प्रधानमन्त्रीले आज ४ बजे राष्ट्रका नाममा सिंहदरबारबाटै सम्बोधन गर्ने



काठमाडौ (नेस) ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।

स्थानीय तहको संख्या थपको विषयलाई चर्को बिरोध जनाउँदै आएको नेकपा एमालेले संसद चल्न नदिने अडान राखेका कारण संसदमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गर्दै प्रधानमन्त्रीले सिंहदरबारबाट सम्बोधन गर्नु हुने भएको हो ।

मंगलबार एमालेकै विरोधका कारण बस्न नसकेको बैठक बुधबार ११ बजेका लागि बोलाइएको थियो। तर संसद भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित भइसकेको छ ।

प्रधानमन्त्री दाहालले छलफलका लागि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए। बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।

प्रतिक्रिया दिनुहोस्